ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल–चितवन टाइगर्सको पहिलो जित


admin

काठमाडौं,२८ मङसिर ।  चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमा समेटियो ।

विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । ४२ बल खेलेको ह्यातले आठ छक्का र पाँच चौका प्रहार गरे । त्यसैगरी करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३०, कप्तान खड्का १९ तथा अनिलकुमार साहले १२ रन जोडे ।

बलिङतर्फ चितवनका ललितसिंह भण्डारी एक्लैले चार विकेट लिए भने सागर ढकालले तीन विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९६ रनको योगफल बनाएको थियो ।

चितवनका लागि जोन सिमप्सनले सर्वाधिक ७८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कट २४ तथा पाउल स्टर्लिङले १५ रन जोडे ।

विराटनगरका लागि वसन्त रेग्मी, पारस खड्का, करण केसी, तथा भान मिकरनले एक÷एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अङ्क जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

त्यस्तै यता पराजित विराटनगरको पनि प्ले अफ सम्भावना कायमै छ । विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । अङ्क तालिकामा विराटनगर तेस्रो तथा चितवन चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com