ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरपालिकालाई ‘कला नगरी’घोषणा गरियो


admin

काठमाडौं,२८ मङसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ ।

नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो ।

कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो ।

सोही विषयको औंपचारिक जानकारी शुक्रबार गराइएको हो । कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको स्मरण गराउनु भयो ।

उहाँले ललितपुरलाई अझै परिचित गराउन यहाँको ऐतिहासिक घटनाहरुको अभिलेख राख्न पनि नेपाल हस्तकला महासंघलाई आग्रह गर्नु भयो ।

संस्कृतिविद् जोशीले ललितपुर नगरीलाई अझै सम्पन्न बनाउन यहाँको कला, संस्कृतिको विकासमा अझै जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com