ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र


admin
मंसिर २७, २०७५ बिहीबार  १ : ५७ बजे

काठमाडौं,२७ मङसिर । सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

विद्यालय स्वास्थ्य संस्था, स्थानीय तह र सरकारी कार्यालयको सेवामा सूचना र प्रविधिको विकासका काम जारी रहेको मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख राधिका अर्यालले बताउनुभयो ।

प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने सरकारी योजनाअनुरुप धेरै जिल्लाका विद्यालय र स्वास्थ्य संस्थामा सूचना र प्रविधिको विकास भइसकेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७५-७६ मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सूचना र प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गरिने उल्लेख गरिएको थियो । यस्तै विभिन्न संस्थामा आधुनिक सञ्चार प्रविधिको प्रयोग बढाइने र उच्च गतिको इन्टरनेट सुविधा पु¥याइने उल्लेख छ ।

त्यसैलाई आत्मसात् गर्दै सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेर प्रविधिको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रशासन तया योजना महाशाखा प्रमुख अर्यालले पहिलो चौमासिक सकिँदासम्म स्वास्थ्य र शिक्षामा सूचना र प्रविधिको विकासका लागि नेपालका विभिन्न ४१ जिल्लामा सेवा प्रदायक कम्पनी छनोट गरेर काम थालिएको जानकारी दिनुभयो । त्यसमध्ये ११ जिल्लामा इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको र १६ जिल्लामा ५० प्रतिशत काम पूरा भएको जनाइएको छ ।

अन्य १० जिल्लामा ३० प्रतिशत र १३ जिल्लामा सम्झौता भई जडानको प्रक्रिया शुरु भएको अर्यालले बताउनुभयो । बाँकी जिल्लामा प्रारम्भिक काम चलिरहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ८५ स्थानीय तहले मोबाइल एप्लिकेसन बनाएर सेवा प्रवाह थालेको र केही ठाउँमा एप्स बनाउने कार्य जारी छ ।

सूचना र प्रविधिको नीति कार्यान्वयन गर्न कार्ययोजना तयार पारी कार्यदलसमेत गठन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचनाको महामार्गसम्बन्धी काम माघ १५ गतेबाट शुरु गर्ने तयारी गरेको छ ।

स्थानीय तहका स्वास्थ्य केन्द्र, विद्यालय र वडा कार्यालयसम्म ६९० स्थानीय तहको छ हजार ८२ वडा र पाँच हजार १७० स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पु¥याउन १८ वटा प्याकेजमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

सबै स्थानीय तहमा ब्रोडब्याण्ड सेवा विस्तार गर्ने योजनाअनुसार पहुँच नपुगेका १५० स्यानीय तहको पहिचान गरी माग प्रस्ताव प्रकाशनको तयारी गरिएको छ ।

सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गर्ने कामलाई प्राथमिकता दिइएको छ । अनलाइनमा भएका १० सरकारी सेवालाई राष्ट्रिय पोर्टलमा आबद्ध गराइएको मन्त्रालयले जनाएको छ ।

हरेक प्रदेशको एक विद्यालयलाई ‘स्मार्ट’ विद्यालयको रुपमा रुपान्तरण गर्ने योजनाअनुसार सूचना प्रविधिमैत्री विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत भइरहेको र छनोट गर्न सूचना प्रकाशन गरिएको छ ।

यस्तै सामुदायिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्ने योजनाअनुसार सूचना प्रविधि विभागसँगको समन्वयमा स्थापनाको प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ ।

सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनचाहनालाई पूरा गरी देश समृद्ध पार्ने सरकारी लक्ष्य पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । यसका लागि नियमित अनुगमन र कामको प्रभावकारिता मूल्याङ्कनलाई कडाइ गर्ने सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

सम्बन्धित

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com