ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार


admin

कञ्चनपुर, २७ मङ्सिर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये रु चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट रु एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी रहेको छ ।

सहकारीले कृषि कर्जामा रु ८० लाख ३७ हजार ९१२, व्यापारमा रु ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा रु १२ लाख २७ हजार, बङगुरपालनमा रु ४२ हजार ७८५, शैक्षिक कर्जामा रु सात लाख ८० हजार र आवास कर्जामा रु चार लाख २४ हजार १५५ रकम लगानी गरेको छ ।

लगानी गरिएको रकमबाट सहकारीले रु एक लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताउनुभयो ।

सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी रु १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको उहाँले बताउनुभयो ।

सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध रहेका छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पु¥याउने उद्देश्य लिएको छ ।

सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताउनुभयो ।

सहकारीलाई दिगोरूपमा सञ्चालन गर्न पाँच वर्षीय रणनीतिक योजना निर्माणको कार्यसमेत गरेका छौँ,” उहाँले भन्नुभयो, “सेयर सदस्य वृद्धि गरी पाँच हजार पु¥याउने र सेयर पूँजीमा वृद्धि गरी रु ४० लाख पु¥याउने लक्ष्य लिएका छौँ ।” सहकारीको हाल शेयर पूँजी रु २७ लाख ४७ हजार ९०० रहेको छ । सहकारी विसं २०६८ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com