ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच स्थानीय तह र प्राधिकरणबीच समझदारी


admin

ललितपुर, २५ मङ्सिर ।  जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ ।

जिल्ला पुनःनिर्माण समन्वय समिति ललितपुरको बैठकपछि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकासँग प्राधिकरणले सम्झौता गरेको हो ।

नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरु तथा प्राधिकरणको केन्द्रीय योजना कार्यन्वयन एकाइअन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन एकाइ प्रमुख वीरबहादुर रावलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ललितपुर महानगरपालिकाले एक साताभित्र हस्ताक्षर गर्ने बताएको छ । प्राधिकरणले पुनःनिर्माणलाई गति प्रदान गर्न प्रभावित जिल्लाका स्थानीय तहसँग छलफल गरिरहेको छ । स्थानीय तहसँगै त्यस क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सांसदसँग छलफल गरेर प्राधिकरणले पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण बुझेर समाधान निकालिरहेको हो ।

ललितपुरका वागमती, कोञ्जेसोम र महाङ्काल गरेर तीन गाउँपालिकामा पुनःनिर्माणले केही गति लिन थाले पनि नगरपालिका र महानगरपालिकामा सुस्त छ ।

जिल्लाभरमा गुनासोपछि थप भएका समेत गर्दा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com