ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जथाभावी हर्न बजाउने दुईसय चालक परे कारवाहीमा


admin

दाङ, २५ मङ्सि ।  तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्र्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ ।

ती सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट रु ५२ हजार राजश्व सङ्कलन भएको छ ।

एकसय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश नम्बर ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

हर्न निषेध घोषणा लगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफनो काम कारवाहीलाई तीव्र पारेको छ । ट्राफिक प्रहरीले अहिले बजारका मुख्य चोकमा जेब्रा क्रसिङबाट सर्वसाधारण पैदल यात्रुहरूलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरीका सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा बजारको वीरेन्द्र चोकको नेपालगञ्ज रोड, सल्यान रोड, सुर्खेत रोड र घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माण भएपछि पैदल यात्रुहरूलाई पनि सडक पार गर्न सजह भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com