ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँ- बस्तीमा वन्यजन्तुबाट खेती जोगाउन मुस्किल


admin

कावसोती, २५ मङ्सिर । मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपरासीको मध्यवर्ती नजिकका बस्तीमा दिनहुँजसो वन क्षेत्रबाट आउने वन्यजन्तुले अन्नबाली खाने र कुल्चेर नष्ट गर्ने गरेका कारण यस क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् ।

“जङ्गली जनावरका लागि खेती लगाए जस्तो भएको छ, कहिल्यै कुनै पनि खेती पाकेर पूरै भित्र्याउन पाइँदैन”, मध्यविन्दु–३, का विष्णु रानाभाटले भन्नुभयो, “मध्यवर्ती छेउमा बस्ने हामी, न लगाएको खेती सकुशल भित्र्याउन पाउँछौँ, न ज्याननै सुरक्षित छ ।”

जङ्गलबाट आउने गैँडा, चित्तल, बँदेल लगायत जनावरले लगाएको बाली खाइदिने, माडिदिने गरेका कारण समस्या भएको कावासोती गैरीका स्थानीय सोमप्रसाद गुरुङले बताउनुभयो । वर्षभरि लगाउने प्रत्येक खेतीबालीमा जङ्गली जनावरले नोक्सान पु¥याउने गरेको उहाँले बताउनुभयो ।

“अहिले मसुरो छ ,रातभरि मृगको बथान आउँछ, सबै खाएर, टेकेर सखाप छ”, हातले आफूले लगाएको मसुरो बालीतर्फ देखाउँदै गुरुङले भन्नुभयो, “वर्षभरि, मकै, धान, गहुँ जे लगाए पनि सखापै पार्छ ।”

जङ्गली जनावरले खेतीबाली खाने मात्र समस्या नभएर कहाँ कतिबेला आफूलाई नै आक्रमण गर्ने हो भन्ने चिन्तासमेत हुने गरेको गुरुङले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा जङ्गली जनावर रोक्न धेरैजसो क्षेत्रमा विद्युतीय झट्का र तारजाली लगाइएको भए पनि तारजाली नभएको स्थानबाट जङ्गली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाइ छ ।

जङ्गली जनावरले बस्तीमा आएर स्थानीयलाई हानेर घाइतेसमेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको स्थानीयवासी बताउँछन् ।

सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा क्षतिपूर्तिका लागि पहल गरेपनि क्षतिपूर्ति पाउन नसकेको धेरैको गुनासो छ । “क्षतिपूर्ति पाइन्छ भनेर धायो, अहिलेसम्म केही पाइएको छैन गुरुङले भन्नुभयो, “क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।”

वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन निक्कै झन्झटिलो प्रक्रिया भएकाले समेत धेरैले क्षतिपूर्तिका लागि पहल नै गर्दैनन् ।

“जनावरले आफूहरूले वर्षभरि मौसमअनुसार लगाउने सबै बालीमा क्षति पु¥याइरहेको हुन्छ, कहिलेकाहीँ राति कुरेर, होहल्ला गरेर लखेटिन्छ, कुनबेला आएर खान्छ ठेगान हुँदैन”, स्थानीय थमप्रसाद चापागार्इंले भन्नुभयो, “खेतीबाली लगाएको बारी सबै रातभरि जङ्गली जनावर ओहोरदोहोर गर्ने ठाउँ बन्छ ।”

स्थानीयले आफूले लगाएको बाली जङ्गली जनावरबाट जोगाउन खेतमा विभिन्न प्लास्टिक तथा बोराका मावन आकृति बनाएर गाडने गरेका छन् ।

जनावरले मानिस रहेछ भनेर जनावर आउँदैन कि भनेर यस्तो बनाएर गाडेको चापागाईंले बताउनुभयो । स्थानीयले खेतीबाली जोगाउन गरेको यस्तो प्रयास सफल हुन सकेको छैन ।

वन्यजन्तुले बालीनालीमा धेरै क्षति पु¥याउन थालेपछि अहिले यहाँका स्थानीय तहले वार्षिकरूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा बजेट विनयोजन गरेर पक्की पर्खाल नै बनाउन थालेका छन् । स्थानीय तहले बजेट विनियोजन गरी मेसजाली सहितको पक्की पर्खाल निर्माणको काम गरिरहेका छन् । यसले वन्यजन्तु बस्तीमा आउनबाट रोक्ने विश्वास लिइएको छ ।

वन्यजन्तु प्रभावित क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो वडाको स्थानीयको माग भनेकै वन्यजन्तुबाट हुने क्षति रोक्नु रहेको बताउनुभयो ।

वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माग हुने गरेको उहाँले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार वडा कार्यालयमार्फत मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आफ्नो क्षेत्र भित्रको वनसँगको सीमामा पक्की पर्खाल बनाउने कामसमेत थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com