ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारमा रहेका कैदीबन्दीमा छालाको समस्या


admin

ललितपुर, २४ मङ्सिर । नख्खु कारागारमा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ ।
छालाको रोग चाँडो सर्ने भएकाले कैदीबन्दी यसबाट पीडित भइरहेको कारागारले बताएको छ ।

एउटै कोठामा धेरै जनासम्म बस्ने हुँदा रोग चाँडो फैलिएको कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका कैदीबन्दीमा दादलगायत छालाका समस्या बढी पाइएको छ ।”

कारागारको क्षमता वृद्धि र कारागारभित्रै मनोसामाजिक अस्पताल बन्दा यहाँ बिरामीको चाप बढेको हो । चार–पाँच महीना पहिलेसम्म आठ सयको हाराहारीमा कैदीबन्दी भएकामा अहिले यो सङ्ख्या एक हजारको हाराहारीमा छ । उहाँले भन्नुभयो, “यहाँको बसाइ जति सघन हुन्छ, सरुवा रोग उति चाँडो फैलन्छ ।”

कैदीबन्दीको सामान्य रोगको यहाँका स्वास्थ्यकर्मीले उपचार गर्ने र यहाँ सम्भव नभएको उपचार स्वास्थ्यकर्मीले सिफारिश गरेपछि वीर अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, तिलगङ्गा आँखा अस्पताललगायत सरकारी अस्पतालबाट उपचार हुँदै आएको छ ।

कारागारमा आएपछि मानसिक रोगबाट पीडित भएकालाई उपचारका लागि बन्दै गरेको मनोसामाजिक अस्पतालका लागि कारागार व्यवस्था विभागले दरबन्दी छुट्याएको छ । कारागारमा मासिक रुपमा मनोरोग विशेषज्ञले जाँच गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com