ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै


admin

काठमाडौं,२४ मङसिर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ ।

डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो ।

डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गर्नुभएको छ ।

यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको सङ्ख्याका आधारमा अनुमान तयार पारिएको छ । नेपालमा सडक दुर्घटनामा मर्नेको सङ्ख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ । नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रतिएक लाख जनसङ्ख्या अनुमान गरिएको छ ।

बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानमा यो दर नेपालभन्दा कम (१४ र १५ को बीचमा) रहेको छ । प्रतिवेदनअनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com