ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार दोहोरो अङ्कले वृद्धि


admin
मंसिर २४, २०७५ सोमबार  ३ : ५५ बजे

काठमाडौं,२४ मङसिर । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये दुई उपसमूहका शेयर भने घटेका छन् । यस्तै आठ उपसमूहको शेयर भने बढेको छ । उत्पादन दुई दशमलव ५१ र अन्य दुई दशमलव ७९ बिन्दुले घटेको छ ।

बैंकिङ १३ दशमलव ४३, होटल २३ दशमलव ८७, विकास बैंक १८ दशमलब ८, जलविद्युत् पाँच दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बीमा ७२ दशमलव शून्य पाँच, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बीमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार रैराङ हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फण्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीले गुमाएका छन् ।

यसैबीच शेयर बजारमा सुधारको माग राख्दै रिले अनशनमा बसेका लगानीकर्ताको अनशन आज पनि जारी रह्यो । स्टकको कार्यालय अगाडि बजार सुधारका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने भन्दै उनीहरुले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

सम्बन्धित

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com