ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचनाको संवाहक बन्दै स्थानीय एफएम


admin
मंसिर २४, २०७५ सोमबार  २ : १४ बजे

बेझाड, २४ मङ्सिर । स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् । गाउँबस्तीका सूचना प्रवाह गर्ने भएकाले अहिले ग्रामीण भेगमा एफएम रेडियो सूचनाको संवाहक बनेका छन् ।

घरमै बसीबसी गाउँका खबर सुन्न पाउँदा आनन्द लाग्ने गरेको पाल्पा, निस्दी गाउँपालिका–४ मित्याल दुमिदमारका ५७ वर्षीय गेमबहादुर सोती बताउनुहुन्छ । “गाउँमा के भइरहेको छ, सबै खबर सुन्न पाउँदा निकै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।

एफएम रेडियोले मान्छे हराएकोदेखि गाउँघरका आमा समूहको भेला, बैठक, गोष्ठीलगायतका विविध खबर प्रसारण गर्ने हुँदा गाउँ बस्तीमा यसको राम्रो प्रभाव परेको छ ।

शहरउन्मुख क्षेत्रमा सूचना, सञ्चार, इमेल, इन्टरनेटको पहुँचका कारण एफएम रेडियो सुन्ने स्रोता कमै हुन्छन् । विकट र दुर्गम गाउँ बस्तीमा भने मेलापात र घाँस दाउरा गर्न जाँदा साथमै रेडियो बोकेर जाने चलन छ । घरमै बसीबसी गाउँकै घटना सुन्न र खबर दिन सजिलो भएको मित्याल मौलाथरकै जबरसिं सारु बताउनुहुन्ँछ ।

“काम गर्दै रेडियो सुन्दै गर्दा समय बितेको पत्तै हुँदैन्,” उहाँले भन्नुभयो, “ मोबाइल राम्रोसँग प्रयोग गर्न पाइँदैन, रेडियो बजायो गाउँघरका खबर सुन्यो, बस्यो ।”

केन्द्रीयस्तरका सञ्चारमाध्यमले देश विदेशको खबर प्रसारण गर्ने हुँदा विकट र ग्रामीण भेगका बासिन्दाका लागि स्थानीय सञ्चारमाध्यम नै उपयुक्त रहेको मौलाथरका रुमबहादुर रानाले बताउनुभयो ।

“गाउँघरमा हरेक दिन भएका खबर समेटेर रेडियोले प्रसारण गर्ने हुँदा ग्रामीण भेगका बासिन्दालाई सूचना प्राप्त गर्ने राम्रो माध्यम बनेको छ” उहाँले भन्नुभयो ।

सूचनाको पहुँच नपुगेको ठाउँमा रेडियोले राम्रो प्रभाव पारेको, रेडियो समुदायकै हो भन्ने आभास जनमानसमा पर्दै गएको सामुदायिक रेडियो रामपुरका अध्यक्ष वासुदेव देवकोटाले बताउनुभयो । कालीगण्डकीबँेसी क्षेत्रमा हाल तीन एफएम रेडियो सञ्चालनमा छन् । यी रेडियोले ग्रामीण भेगमा राम्रो सूचना प्रवाह गर्दै आइरहेका छन् ।

गाउँका एफएम रेडियोले टोल बस्तीका हरेक दिनका गतिविधि प्रसारण गर्ने हुँदा दुर्गम र विकट गाउँका बासिन्दाका लागि सूचनाको राम्रो पहुँच पुगेको छ । ग्रामीण भेगका बासिन्दाका लागि एफएम रेडियो जीवनको एउटा साथी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com