ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात स्थानीय तह एम्बुलेन्सविहीन


admin
मंसिर २४, २०७५ सोमबार  २ : ०४ बजे

बाँके, २४ मङ्सिर । बाँकेका आठमध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । नरैनापुर गाउँपालिकाले केही महीनाअघि एउटा एम्बुलेन्स खरीद गरेको छ ।

गाउँपालिकामा उपयुक्त सडक नहुँदा उक्त एम्बुलेन्स पनि नियमित सञ्चालनमा आउन सकेको छैन । अधिकांश गाउँपालिकाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन ।

विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता छ तर करीब दुई वर्षअघि चुनिएका जनप्रतिनिधिले स्थानीय तहको बजेटमा आफ्ना लागि भने महङ्गा गाडी किनेका पाइएको. छ ।

जिल्लामा भएका एम्बुलेन्सले सुविधा दिनुभन्दा सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पु¥याएर कमिसन खाने गरेको गुनासा पनि आइरहेका छन् ।

नेपालगञ्जबाट भारतमा पठाइएका बिरामीलाई आफ्नो अनुकूलका अस्पतालमा पु¥याएर एम्बुलेन्स चालक र सञ्चालक समेतले कमिशन खाने गरेको खुलेको छ ।

नागरिकको गुनासो आएका कारण अब यस्ता एम्बुलेन्सको निगरानी गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताउनुभयो ।

जिल्ला एम्बुलेन्स सञ्चालक समितिले विभिन्न सङ्घसंस्थाहरुले समितिले तोकेको मापदण्ड पूरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमतिपत्र दिइएको छ । तीबाहेक अन्य एम्बुलेन्स अब निगरानी गरिने जनाइएको छ ।

नेपालगञ्जमा तोकिएको मापदण्ड पूरा गरेका १० वटालाई ‘ग’ श्रेणीको र एउटालाई ‘ख’ श्रेणीको अनुमति यसअघि प्रदान गरिएको अधिकृत चन्दले जानकारी दिनुभयो । जिल्लामा ३९ वटा एम्बुलेन्स र तीन वटा शववाहन सञ्चालनमा रहेकामा अधिकांश मापदण्डविपरीत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com