ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं किङ्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित


एबीसी न्यूज
मंसिर २४, २०७५ सोमबार   १ : १३   बजे


काठमाडौं, २४  मङसिर । एभरेष्ट प्रिमियर लिगमा चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा काठमाडौं किङ्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको चितवनका लागि पउल स्ट्रलिङले ३४ रन बनाए । चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दिप सुनार २५ रनमा सागर पुनले आउट गरे । चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए चितवनका लागि प्रदिप ऐरीले ४५ रन बनाए ।

पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि चितवन पुरै ओभर नखेल्दै अलआउट भयो । उसले पछिल्लो ६ विकेट मात्र ५१ रन जोड्दा गुमायो । चितवनका लागि कप्तान पृथु बास्कोटाले अविजीत २० रन बनाए । बलिङतर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक–एक विकेट लिए ।

जवाफमा काठमाडौंले १८ ओभर चार बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । काठमाडौंले ५३ रन बनाउदा दुई विकेट खेर फाल्यो । ओपनर अमित श्रेष्ठले १८ रन बनाए भने केभिन ओब्राइन ३९ रनमा पेभेलियन फर्किए ।

यस्तै सागर पुनले ३९ रन बनाउदा भारतीय खेलाडी आनन्द सुब्रमन्नियमले आक्रामक ब्याटिङ गर्दै ४३ रन बनाए । उनले १७ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै अमरसिंह रौटेलाले २१ रन बनाए । पाँचौ विकेटका लागि रौटेला र आनन्दले ४८ रनको साझेदारी गरेका थिए । बलिङतर्फ चितवनका साहव आलमले दुई विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group