ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल–भैरहवाद्वारा पोखरा पराजित


admin

काठमाडौं,२३ मङसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद शुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको थियो । दुई सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ दशमलव ४ ओभरमा छ विकेट गुमाउँदै भेटायो ।

भैरहवाको जितमा भारतीय बयाट्सम्यान रवि इन्द्रर सिंहले अविजित १२५ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, विक्रम सोब र पल कोगलिङले समान दुई÷दुई विकेट झारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको पोखराले २० ओभर पूरै खेल्दै पाँच विकेट गुमाएर २१५ रन जोडेको थियो । पोखराको उच्च स्कोरमा दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको योगदन दिए भने केली जेम्स कोट्जरले ४७ रन जोड्दा सुनील धमलाले ३८ रन जोडे ।

भैरहवाका अविनास बोहोरा, कृष्ण कार्की, रायन टेन र पुनित मेहेराले एक-एक विकेट लिए । जितसँगै भैरहवाले दुई अङ्क जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । जसमा पहिलो खेल चितवन टाइगर्स र काठमाडौँ किङसबीच हुनेछ भने दोस्रो खेल पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com