ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरको १३ नम्बर वडा बासीलाई स्मार्टकार्ड


admin
मंसिर २३, २०७५ आईतबार  २ : ४८ बजे

पोखरा,२३ मङसिर । पोखरा महानगरपालिकाको वडा नम्बर १३ ले वडावासीको सम्पूर्ण लागत राख्ने गरी स्मार्टकार्ड वितरण गरेको छ । पोखरामानै पहिलो पटक स्मार्ट लाइसेन्सको जिम्मा लिएको मालिका सफ्टवेयर नेपालको प्राविधीक सहयोगमा पोखरा महानगरको १३ नम्बर वडाबाट स्थानिय तहबाट स्मार्टकार्ड प्रदान गरिएको हो । वडाबासी शोभाकान्त सिग्देललाई वडाअध्यक्ष दर्शन लामाले स्मार्ट कार्ड प्रदान गरी स्मार्ट कार्डको सुरुवात गरेका हुन ।

वडाबासीले वडाबाट पाउने सुविधालाई सरल र छिटो छरितो ढंगले प्रदान गर्नका लागी वडाले स्मार्ट कार्ड लागु गर्न लागेको हो । वडामा रहेका वडा बासीको जनसंख्या, घरको पारिवारिक विवरण, सम्पति विवरण, बस्तुभाउ र वडाका सम्पूर्ण सडकहरु समेत छुट्याउने र उनीहरुको लागत राख्ने उद्देश्यले स्मार्ट कार्ड लागु गरिएको वडा अध्यक्ष दर्शन लामाले बताए ।

स्मार्ट कार्डबाट वडा वासीले स्थानिय तहबाट प्रदान गरिने ६४ वटा सेवा सुविधाहरुको सिफारिसलाइ समेत स्मार्टकार्डकै माध्यामबाट छिटो छरितो र सरल ढंगबाट प्रदान गर्ने गरी स्मार्ट कार्ड प्रदान गरिएको बताउदै अध्यक्ष लामाले वडाबाट प्रदान गरिने सिफारिस हातले भरि राख्न नपर्ने स्मार्ड कार्डको क्युआर कोर्ड स्क्यान गर्नासाथ प्रोफाइल आउने र कुन प्रकारको सेवा लिने हो त्यसमा गएर क्षणभरमै सिफारिस प्रदान गरिने भएकाले समयको सदुपयोग हुने बताए ।

सो अवसरमा स्मार्ट कार्डको जिम्मा पाएको मालिका सफ्टवेयर नेपालका प्रवन्ध निर्देशक सुरेश गिरीले ५ वर्ष वारेन्टी रहेको र कार्डमा वडामा बसोवास गर्नेको नागरिकताको प्रोफाइल र घरको विवरणलाई समावेश गरिएको र वडामा बस्ने ब्याक्ति कस्ले के गर्छ बार्षिक आम्दानी कति छ अध्ययन कति पेशा के गर्छ वैदेशिक रोजगारमा छ की छैन भन्ने सम्पूर्ण विवरण समेत रहने गरी प्रदान गरिने वताए । जसका लागी सुरुमा कार्ड लिने ब्याक्तिले सुरुमा सम्पूर्ण विवरणहरु भर्नुपर्ने बताए ।

सिस्टममा रहेपछि सेवाग्राहीले आफ्नो विवरणहरु थपघट गराउनका लागी पनि आग्रह गर्न सक्ने र तत्काल सेवाग्राहीको आग्रहलाई सुल्झाउने गरी प्राविधीकहरुले काम गर्ने वडाले जानकारी दिएको छ । २०६८ सालको जनगणना अनुसार १७ हजार ७७ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com