ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

शारीरिक सम्बन्ध राखेको भिडियो भाइरल भएपछि युवती स्कूलबाटै निष्कासित


एबीसी न्यूज
मंसिर २२, २०७५ शनिबार  ९ : ०३ बजे

काठमाडौं, २२ मंसिर । घटना १ .  भक्तपुरमा ९ कक्षा पढ्दै गरेकी किशोरी उनकै गाउँका किशोरसँग प्रेममा परिन्। किशोरले उनीहरूबीचको शारीरिक सम्बन्धको भिडियो खिचेर राखे। केही समयपछि खटपट सुरु भयो। किशोरले त्यो भिडियो फेसबुक म्यासेन्जरबाट साथीभाइ र चिनेजानेकालाई पठाइदिए। स्कुलका प्रधानाध्यापकलाई पनि पठाइदिए। प्रअले अभिभावकलाई बोलाएर भिडियो देखाउँदै किशोरीलाई स्कूलबाटै निष्कासित गरिदिए।

घटना २ .  एक कलेजमा अध्ययनरत किशोरीलाई नयाँबानेश्वर घर भएको बताउने मुकेश थापाले फेसबुकमा रिक्वेस्ट पठाए। किशोरीले रिक्वेस्ट स्वीकारिन्। दुई दिनपछि नै ती युवाले किशोरीलाई मेसेन्जरमा यौनका कुरा गर्न थाले। पटक–पटक नाङ्गा तस्बिर पठाए। ती युवाले दिएको तनाव झेल्न नसकेपछि किशोरी अभिभावकलाई भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा पुगिन्।

टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्।

उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्। पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुव्र्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन्। तीन वर्ष यता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बरले बढ्दै गएको छ।

‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन्। उनीहरूले आफ्नो जीवनसमेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ’, उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ। यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्‍याउन जरुरी छ।’ काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ।

सम्बन्ध बिग्रेपछि गडबड

अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत दुःख दिनेमा नातेदार र चिनेजानेकै बढी छन्। महाशाखामा पुग्ने अधिकांश किशोरी र युवती विगतमा निकट सम्बन्ध भएका र आफन्तबाटै पीडित हुन्छन्। सम्बन्धमा रहँदा खिचिएका फोटो र भिडियो सम्बन्ध अन्त्य भएपछि ब्ल्याकमेल गर्ने औजार भएका छन्। कतिले पोर्न साइटमै भिडियो अपलोड गरिदिन्छन्।

बदला लिन अश्लील फोटो र भिडियोको सहारा लिने क्रम बढेको साइबर क्राइम फाँटका इन्स्पेक्टर लीलाराज डाँगी बताउँछन्। ‘केटाले भनेको मानुन्जेल सबै ठीक हुन्छ। केटीले नमानेपछि पहिले खिचेको फोटो र भिडियोलाई हतियार बनाउने गरेको पाइन्छ,’ डाँगी भन्छन्, ‘बढीजसो पीडित १३ देखि ३० वर्ष उमेर समूहका हुन्छन्। बदनाम गरेर बदला लिने यो प्रवृत्तिले किशोरी र युवतीहरू ठूलो मानसिक समस्यामा परेका छन्। हामीले यस्तो अपराधमा संलग्नलाई कानुनी दायरामा त ल्याएका छौँ, तर पीडितलाई परेको मानसिक चोट र सामाजिक क्षतिको हिसाब कसले गर्ने रु ’ अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com