काठमाडौं । ताप्लेजुङ निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) कै योगेश भट्टराई विजयी भएका थिए।








प्रतिक्रिया दिनुहोस्