बर्दिया । बर्दिया निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ठाकुरसिंह थारुले उल्लेख्य अग्रता कायम गरेका छन्।
कुल १ लाख ६८ हजार ३४ मतदाता रहेको यस क्षेत्रमा १ लाख २ हजार ८३६ मत खसेको थियो। हालसम्म ५५ हजार ५०२ मत गणना भएको छ भने २ हजार ८१८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
हालसम्मको परिणाम अनुसार रास्वपाका ठाकुरसिंह थारुले २९ हजार ९७६ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। नेकपा (एमाले) का शालिकराम अधिकारीले ९ हजार ९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका संजय गौतमले ५ हजार ४१३ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका विष्णु थारुले ५ हजार ५५७ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया दिनुहोस्