ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटन महिला भलिबल प्रतियोगिता हुने


admin
मंसिर २१, २०७५ शुक्रबार   ७ : १०   बजे

काठमाडौं,२१ मङसिर । आगामी माघ पहिलो साताबाट १४ औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

आयोगक ढोरपाटन स्पोर्टस क्लबले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स हाई स्कूल, श्री गाउँ स्पोर्ट्स विकास कमिटी, चितवन टाइगर्स, पारामाउन्ट हाई स्कूल, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपको विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पाउने छन् ।

यस्तै चौथौँ हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार र सातौँ हुने टोलीलाई रु २० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशि बढाइएको छ ।

प्रतियोगितामा उकृष्ट खेलाडी, उदयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्नेले सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।

व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट प्रशिक्षकले जनही रु छ हजारका दरले पुरस्कार पाउने छन् । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, सेव स्कूलका प्रधानाध्यापक युवराज थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group