ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटन महिला भलिबल प्रतियोगिता हुने


admin

काठमाडौं,२१ मङसिर । आगामी माघ पहिलो साताबाट १४ औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

आयोगक ढोरपाटन स्पोर्टस क्लबले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो ।

नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स हाई स्कूल, श्री गाउँ स्पोर्ट्स विकास कमिटी, चितवन टाइगर्स, पारामाउन्ट हाई स्कूल, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपको विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पाउने छन् ।

यस्तै चौथौँ हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार र सातौँ हुने टोलीलाई रु २० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशि बढाइएको छ ।

प्रतियोगितामा उकृष्ट खेलाडी, उदयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्नेले सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।

व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट प्रशिक्षकले जनही रु छ हजारका दरले पुरस्कार पाउने छन् । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, सेव स्कूलका प्रधानाध्यापक युवराज थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com