ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी निकायको चरम लापरवाही


admin

सप्तरी,२१ मङसिर। नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीडा भोग्नु परेको छ ।

नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।

सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।

उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् ।

तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो ।
नागरिकतामा टाँसिएको फोटो बिग्रिएपछि उनी नागरिकताको प्रतिलिपी तथा फोटो परिवर्तन लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् ।

नागरिकता फाँटका कर्मचारीहरुले सक्कल नागरिकताको प्रमाणपत्रमा प्रमाणपत्र नं. उल्लेख नभएको देखेपछि चकित परेका थिए ।
नं. नै उल्लेख नभएपछि अलमलमा परेका कर्मचारीहरुले उनलाई पुनः नयाँ प्रक्रियाबाट नागरिकता बनाउन र सम्पूर्ण प्रक्रिया पुरा गरेर आउन भनेको पीडित महिला अमरिकाले बताइन् ।

उनले नागरिकता टोलीमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफू अनावश्यक झन्झटमा परेको सुनाउँदै यसतर्फ सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।

यसअघि नागरिकताको कुनै कामै नपरेकाले आफूले पनि नं. भए नभएको बारे खासै चासो नदिएको उनले बताईन् । यद्दपी सरकारी कार्यालयबाट भएको गम्भिर त्रृटीप्रति अमरिका देवी अनभिज्ञ हुँदा विगत १२ वर्षदेखी सोही नागरिकताको प्रतिलिपी विभिन्न रेमिट्यान्समा प्रयोग गर्दै आएकी थिइन् ।

छोरा बैदेशिक रोजगारका लागि विदेशमा रहेकोले रकम पठाउँदा उनले सोही नागरिकताको प्रतिलिपि प्रयोग गर्दा समेत ती निकायले प्रमाणपत्र नं. नभएकोप्रति कहिले जानकारी पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com