ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धान धितो राखेर किसानलाई ऋण दिने


admin
मंसिर २०, २०७५ बिहीबार  १ : ४० बजे

बुटवल,२० मङसिर । बुटवल उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ ।

पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजना अनुसार आज बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको विचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले हस्ताक्षर गर्नुभएको छ ।

बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मुल्य विना नै विक्रि गर्दै आएका थिए ।

अव किसानहरुले सहकारीमा आफु्ले उत्पादन गरको धानलाई सहकारीमा धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानहरुले यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिनुपर्र्दन । किसानको भाडा नगरपालिकाले तिरिदिने छ ।

बुटवल उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा किसानको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाई रहेको छ ।

बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ ।

जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो । किसानले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ ।

ऋण चुत्ता पश्चात किसानले आफ्नो धान विक्रि गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादु गाह मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com