ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा तीन सदस्यलाई


admin
मंसिर १९, २०७५ बुधबार  ७ : ५२ बजे

 खस्यौली, १९ मङ्सिर । प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ ।

प्रदेश नं ५ को प्रदेश सचिवालयमा आज बसेको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । उहाँहरुले प्रदेशसभा सञ्चालन हुनुअघि २६ गतेभित्र कार्यविधिमा संशोधन गर्नुहुने बताइएको छ ।

विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिनुभयो ।

उहाँले समितिको म्याद थपका लागि आग्रह गरिएको जानकारीसमेत दिँदै प्रदेशसभाले म्याद थप नगरे प्रदेशसभामा नै छलफल गरिने बताउनुभयो । चौधरीले भन्नुभयो, “स्थायी राजधानीको विषयमा अझै टुङ्गोमा पुगिएको छैन र नामकरण गर्ने, स्थायी राजधानी तोक्ने विषयमा विधि बनाउँदै छौँ ।”

प्रदेश सदस्य चौधरीले प्रदेश नं ५ का विभिन्न जिल्लाबाट नामकरण र स्थायी राजधानीका विषयमा सुझाव सङ्कलन गरिने छ भन्नुभयो । प्रदेश नं ५ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा समितिका सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाका सदस्यले नै स्थायी राजधानीको टुङ्गो लगाउनसक्ने उल्लेख गर्दै अरुले टुङ्गो लाग्दैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com