ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी र रुसी विदेशमन्त्रीबीच भेटवार्ता


admin

न्युयोर्क, २ असोज ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ ।
उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचारमा जनाइएको छ । सोही क्रममा उहाँहरुबीच भेटवार्ता भएको बताइएको छ ।

उहाँहरुबीचको भेटवार्ताको समाचार सङ्कलनका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई भने उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएन । तर भेट सुरुहुनु अगाडि सम्वाददाताहरुलाई तस्विर लिने अनुमति दिइएको थियो ।

सो भेटवार्तापछि रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सम्वाददातालाई भन्नुभयो– सो भेटका क्रममा विशेषगरी सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको थियो ।

मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा सो भेटवार्ताका क्रममा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

जेनेभामा भएको सहमति बमोजिम शान्तिपूर्ण माध्यमबाट सिरियाली समस्याको समाधान निकाल्ने तथा सैन्य कारबाहीका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने विषयमा उहाँहरुबीच कुराकानी भएको पनि प्रवक्ताले जानकारी दिनुभएको छ ।

सिरियामा विगत छ बर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढीको ज्यान गएको छ । अरु लाखौँ व्यक्ति हिंसाको चपेटामा परेका छन् । उक्त समस्याको समाधानका लागि शान्तिपूर्ण वार्ताका प्रयासहरु भएका भए पनि त्यो सम्भव हुन सकेको छैन । सैनिक कारबाहीबाटै नागरिकको ज्यान जाने गरेको छ ।

महासभामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने 

यसैबीच न्युयोर्कबाट प्राप्त अर्काे एक समाचारमा यस पटकको संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुनुहुने भएको छ । तर उहाँका अमेरिकी समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सो सभामा सहभागी भएर आफ्ना धारणा राख्नुहुने भएको छ ।

यस पटक राष्ट्रसंघको ७२ औं महासभाको मुख्य आकर्षण अमेरिकी राष्ट्रपति ट्रम्प हुनुहुने भएका समाचारहरु पनि विभिन्न समाचार समितिहरुले जनाएका छन् ।

उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको समाचारमा बताइएको छ ।
राष्ट्रसंघको ७२ औँ महासभा औपचारिक रुपमा यसैहप्ता सुरु हुदैछ । यसको सम्पूर्ण तयारी पूरा भएको र यसका लागि विश्वका नेताहरु यहाँ आउने क्रम सुरु भएको र कतिपय आइसकेको न्युयोर्कबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com