ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिले आफूलाई धब्बा लाग्ने काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली


एबीसी न्यूज
मंसिर १६, २०७५ आईतबार  ८ : ४४ बजे

 

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार सुशासन र विधिको शासनलाई थप संस्थागत गर्न लागिपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार, विधिको शासन, कानूनी राज्य र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी तवरले लागिपरेको छ । कानूनी दृष्टिमा सबै नागरिक समान भएकाले सरकारले सोहीअनुसार व्यवहार गरिरहेको छ ।”

सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी रहेको र त्यसमा जागरुप नागरिक समाज र सरोकार भएका सबैले सक्रियतापूर्वक सहभागी हुनु जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेकाले सरकार स्थापित आधारभूत मूल्य र मान्यताका आधारमा नागरिकलाई बढीभन्दा बढी सुशासनको अनुभूती दिलाउन प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सुशासनविना विकास सम्भव हुन नसक्ने भएकाले अनावश्यक प्रभाव र दबाबलाई मुक्त राख्दै नागरिकमात्रको सेवामा सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वव्यापी लोकतन्त्रका आधारभूत मूल्यमान्यता आवधिक निर्वाचन, विधिको शासन, कानूनी राज्यलाई सरकारले पूर्णरुपमा अवलम्बन गरेको र जनतामा नीहित सार्वभौमसत्ताको प्रयोग गरेकोसमेत स्पष्ट पार्नुभयो ।

उहाँले सरकार जनसेवाका सबै क्षेत्रमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताउनुभयो । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिताविना सुशासन सम्भव छैन”, उहाँले भन्नुभयो, “हामीले संविधानमै आवधिक निर्वाचन, कानूनको सम्मान र कानूनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौँ ।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुनसक्ने बताउनुभयो । “सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारवाही गर्छ । कोही कसैलाई छुट दिँदैन”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई उत्तरदायी र पारदर्शी हुन अपिल गर्नुभयो । “जनप्रतिनिधिले आफूलाई धब्बा लाग्ने काम गर्नु हुँदैन । जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।”

लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको स्पष्ट गर्नुभयो । उहाँले विश्व शान्तिका लागि आयोजना गरिएको यस सम्मेलन भव्यरुपमा सफल भएको आफूले ठानेको बताउनुभयो ।

प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “आधारहित टिप्पणी गर्नेलाई मेरो भन्नु केही छैन । विश्वभर शान्ति छाउनुपर्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ ।” उहाँले सम्मेलनमा सहभागी हुन आउनुभएका पाहुना तथा अतिथिलाई नेपालको हिमाल तथा चितवनमा गएर ‘एक सिङ्गे गँैडा’ हेर्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संसारबाट डाइनोसर त लोप भयो, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com