ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको छ : अर्थमन्त्री खतिवडा


admin
मंसिर १५, २०७५ शनिबार   ५ : २७   बजे

काठमाडौं,१५ मङसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको बताउनुभएको छ ।आर्थिक पत्रकार समाज सेजनको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले करको भार नभई करको दायरा बढाईने बताउनुभएको हो ।

उहाँले भौगोलिक र क्षेत्रगत रुपमा करका दायरा फराकिलो बनाउदै प्रत्यक्ष लगानीलाई प्रभाव पार्ने कर प्रणालीका बारेमा थप विश्लेषण गरिने बताउनुभयो ।

उहाँले नयाँ श्रम ऐनले औद्योगिक सम्बन्ध सुधार गर्न मद्द्त पुर्याएको दाबी पनि गर्नुभयो । रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौताको दस्तावेजको रुपमा श्रम ऐन आएको भन्दै उहाँले करको फर्म भर्न झन्झट भयो भन्दैमा त्यसैलाई समग्र मुल्यांकनको आधार बनाउन नमिल्ने तर्क गर्नुभयो ।

राजनीतिक अस्थिरताका कारण नीतिगत अस्थिरता, विद्युत् आपुर्ति , यातायात, श्रम सम्बन्धमा देखिएका अप्ठ्यारा अवस्थाले निर्यात बढ्न नसकेकाले व्यापार घाटा बढेको भन्दै अब विस्तारै सुधार आउने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगीले उठाउदै आएका नीतिगत विषयहरु समावेश गरि आर्थिक नीति बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group