ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तलबको विषयलाई लिएर बालकको अपहरणपछि हत्या


एबीसी न्यूज
मंसिर १४, २०७५ शुक्रबार  ७ : ४५ बजे

काठमाडौँ, १४ मङ्सिर । काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले केही दिनदेखि बाबु प्रविणसँग तलबको विषयलाई लिएर विवाद गर्दै आएको र आवेगमा आएर बालकको हत्या गरेर शव एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो ।

अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए ।

प्रहरी अनुसन्धानमा सार्कीले गेष्ट हाउसबाट फकाएर बालकलाई चकलेट खान दिएर होटलकै गाडीमा राखेर मित्रनगरस्थित डिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलबाट २ वटा प्लाष्टिकको जेब्रा झोला किनेर लगेको एसएसपी सिंहले बताए ।

‘प्रहरी अनुसन्धानमा सार्कीले ६ः४५ बजे बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको हो,’ एसएसपी सिंह भन्छन्, ‘हत्यापछि बालकको शवलाई किनेर लगेको जेब्रा झोलामा राखी सामाखुसी खोलामा फ्याँकेको हो ।’

बालकको हत्या गरेका उनै कार्कीले होटल फर्की मृतक बालकको बुबालाई भेटेर बालकको खोजीकार्य गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com