ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, गाडी चालक पक्राउ


एबीसी न्यूज
मंसिर १३, २०७५ बिहीबार  ४ : ५७ बजे

काठमाडौं,१३ मङसिर । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

नयाँ बसपार्कमा रहेको स्वस्तिका त्रिवेणी गेष्टहाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास कुँवरको हत्या भएको हो । बालक मंगलबार साँझ होटलबाटै हराएका थिए ।  बालकको शव म्हेपीमा भेटिएको र उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

अपहरण र हत्यामा संलग्नताको आशंकामा मृतक कुँवरका बुबाको गाडी चालक महेन्द्र सार्कीलाई पक्राउ गरिएको एसएसपी सिंहले बताए ।
बालकको शव खोला किनारमा झोलामा पोको पारिएको अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार गेष्टहाउसमा आमाबाबु नभएको समयमा चालक सार्कीले बालकलाई गाडीमा हालेर बालाजु बाइपासबाट माथितिर लगेका थिए । उनी डेढमहिना अघिमात्रै होटल सञ्चालक कुँवरका चालक बनेका थिए ।

प्रहरीसँगको बयानमा सार्कीले प्रयासको मुखमा कपडा कोचेर मारेको बताएका छन् । अन्य कुरा भने सार्कीले खुलाएका छैनन् । अपहरण फिरौतीका लागि भएको हुनसक्ने प्रहरीको आशंका छ । स्रोतका अनुसार चालक सार्कीलाई मंसिर ११ गते साँझ नै पक्राउ गरिएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको थियो । सार्कीले आज आफैंले प्रहरीलाई बालकको शव देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com