काठमाण्डौं , १ अुसोज । आफनो भाषा संस्कृतिको संरक्ष्ँण र सम्वर्दनमा टेवा पु¥याउने उद्देश्यका साथ निर्माण भएको शेर्पा भाषाको पहिलो चलचित्र प्रदर्शन हुने भएको छ ।
शेर्पा म्युजिक वल्र्डको पहिलो प्रस्तुति तथा कलाकार आङ कुङगा ङिमा शेर्पाले निर्देशन गरेको चलचित्र टिन्छेन फामा यहि असोज २४ गते प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा विशुद्ध शेर्पा भाषा र शेर्पा कलाकारहरुको अभिनय रहेको छ । विशेषगरी पछिल्लो युवापुस्तालाई आफनो धर्म, कला, संस्कृतिप्रतिको महत्वप्रति सजग गराउन खोजिएको जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक आङ कुङगा ङिमा शेर्पाले यो चलचित्रबाट शेर्पा समुदायको भाषा संस्कार संस्कृतिसंगै भावी पुस्तामा हस्तान्तरण गर्न अभिभावकको महत्व जस्ता विषय उठान गरेको बताउनुभयोे ।
पछिल्लो पुस्ता पश्चिमा संस्कृतिप्रति आकर्षित भइरहेका बेला चलचित्रहरुको माध्यमबाट उनीहरुलाई सचेत गराउन सकिने उहा“को भनाइ छ ।चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्