ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यासिफिक समिट–२०१८ का लागिचारै सुरक्षा निकायका गरी ८० हजार सुरक्षाकर्मी परिचालन


एबीसी न्यूज
मंसिर १३, २०७५ बिहीबार  ७ : ५८ बजे


काठमाडाैं, १३ मंसिर ।  मंसिर १४–१६ गते आयोजना हुने एसिया प्यासिफिक समिट–२०१८ का लागि चारै सुरक्षा निकाय परिचालन गरिने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सहसचिव) रामप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले समिट अवधिभर काठमाडौँ उपत्यकामा एकिकृत सुरक्षा योजना लागू गर्ने निर्णय गरेको हो।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सेनाका गणपतिहरु, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने प्रमुखहरु सहभागी बैठकले एकिकृत सुरक्षा योजना बनाएको छ।

सरकारले एकिकृत सुरक्षा योजना अन्तर्गत सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालनको निर्णय गरेको हो। कार्यक्रममा सहभागी हुन आउने म्यानमारकी स्टेट काउन्सिलर सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको भ्रमण औपचारिक भएकालेसमेत समिटका लागिसरकारले बिशेष सुरक्षामा चासो राखेको हो।

एकिकृत सुरक्षा योजना अन्तर्गत १३–१७ मंसिरका लागि चारै सुरक्षा निकायका गरी ८० हजार सुरक्षाकर्मी परिचालन हुने अनुमान गरिएको छ। जसमा नेपाल प्रहरीले एकदिनमा मात्रै ५ हजार १ सय प्रहरी परिचालन गर्नेछ।

सुरक्षा योजना अनुसार औपचारिक भ्रमणमा रहने बिशिष्ठ पाहुनाहरुका लागि बिशेष कारगेट चलाइने छ। यस्तै अन्य पाहुनाका हकमा बिशिष्ठ ब्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधी २०७० अनुसारको सुरक्षा प्रवन्ध गरिएको छ।

सुरक्षाकर्मी परिचालनको एकिकृत योजना अनुसार चार तहमा सुरक्षा घेरा बनाएर कार्यक्रमस्थल, निवास र बाटोघाटोको सुरक्षा प्रदान गरिनेछ। कार्यविधि अनुसार राष्ट्रप्रमुख, कार्यकारी प्रमुख र उप प्रमुखका हकमा ब्यक्तिगत सुरक्षाका लागि सेनाको सुरक्षा दिइनेछ भने अन्यका हकमा प्रहरीको सुरक्षा सेवा निर्देशनालयका कमाण्डो खटिनेछन्।

त्यस्तै, कार्यक्रम स्थल र निवासमा सेनाको बम डिस्पोजल टोलीको एउटा टोली चौबिसै घण्टा तैनाथ हुनेछ। अग्ला भवनहरुमा सेना र प्रहरी तथा पुल–पुलेसाको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिने छन्।

कार्यक्रम अवधिभरका लागि सेना र सशस्त्रको पैदल तथा सवारीसाधनमा गस्ती गर्नेछन्। आपतकालिन अवस्थाका लागि सुरक्षा प्रवन्ध सहितका बिशेष स्थानको ब्यवस्था समेत गरिएको छ। कारगेट अवधिमा आपतकालिन अवस्था आए बैकल्पिक मार्ग र अति सुरक्षित स्थानमा पाहुनालाई राखिनेछ।

सुकी र सेनलाई यस्तो सुरक्षा
सुरक्षा अधिकारीहरुका अनुसार, समिटमा सहभागी हुन म्यानमारकी स्टेट काउन्सलर आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन अाज बिहीबार नेपाल आउने छन्। सुकी बिहान ११ बजे र सेन ११ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्।

दुबै बिशिष्ठ पाहुनाका लागि होटल सोल्टीमा बासस्थानको ब्यवस्था गरिएको छ।

स्रोतका अनुसार सुकी बिहीबार नै भृकुटी मण्डपमा आयोजना भइरहेको चेम्बर एक्स्पोमा सहभागी हुने कार्यक्रम छ। सुकी ललितपुरस्थित म्यानमार दुतावासमा पनि जाने कार्यक्रम रहेको छ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कम्बोडियाली समकक्षी सेनका लागि बिहीबार नै होटल द्वारिकाज्मा रात्रिभोजको आयोजना गरेका छन्। सुकीले शुक्रबार राष्ट्रपति बिद्यादेबी भण्डारीलाई बिहान शिष्टाचार भेट गर्नेछिन्। उनका लागि प्रधानमन्त्री ओलीले शुक्रबार नै होटल अन्नपूर्णमा दिवाभोजको आयोजना गरेका छन्।

कम्बोडियाली प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्र र हिरण्य वर्ण महाबिहारको भ्रमण गर्नेछन्। त्यसपछि उनले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग औपचारिक भेटघाटको कार्यक्रम राखिएको छ।

दुबै बिशिष्ठ पाहुनाहरुसँग प्रधानमन्त्री ओली र मन्त्रीहरुसँग दिवा तथा रात्री भोजका दौरान औपचारिक भेटवार्ता हुनेछ। सुकी र सेन समिटको समापनमा सहभागी भएर १६ मंसिरमा बिहान स्वदेश फर्कनेछन्।

सरकारले उनीहरुका लागि विशेष सुरक्षा प्रबन्धका साथै नेपालमा उनीहरुले गर्ने आवागमनमा ‘कर्डन’ सहितको सवारी चलाउने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com