
काठमाडौं,१२ मङसिर । मनास्लु पदयात्रा मार्ग अहिले बाहय एवम् आन्तरीक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । गोरखाको आरुघाटबाट ५ हजार १ सय ६ मिटर उचाइमा रहेको लार्केपास हुदै मनाङ निस्कने यो पदयात्रा मार्ग हिमश्रृखला अवलोकन गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।
विश्वकै उच्च हिमालमध्ये आठौ स्थानमा रहेको मनास्लु बेसक्याम्प, लार्केपास, वीरेन्द्र ताल, पुङ्गेन गुम्वा, यहाका आकर्षक गन्तव्य हुन् । यो पदयात्राले बुढिगण्डकीको तीरैतीर बुढीगण्डकीको मुहान अर्थात हिमालबाट पग्लिएका ससाना हिमनदीसम्म डो¥याउ“छ अवलोकनकर्ता अर्थात् पदयात्रुलाई ।

यस पदयात्रा मार्गमा हिड्ने हरेक पर्यटकको गन्तव्य लार्केपास भएपनि, सहासीक पर्यटकका लागी ४हजार ६सय मिटरको उचाइमा रहेको मनास्लु बेसक्याम्प आकर्षणको गन्तव्य हो भने मनास्लुको काखैमा रहेको बिरेन्द«ताल र मनास्लु हिमालको सुन्दर दृश्यावलोकनका लागी पुङ्गेन गुम्वा यस पदयात्रामा छुटाउनै नहुने विसौनी हुन् ।
गोरखाको आरुघाटबाट लगभग ४ घण्टा गाडीको यात्रापछि सोतीखोलावाट मात्र वास्तविक पदयात्रा सुरु हुन्छ । बीचमा खोर्लावेसी, जगत, सल्लेरी , फिलिम, गप, लो, स्याला, समागाउ, स्याम्दो, धर्मसाला, लार्केपास हुदै मनाङको भिमताङ, बाट धारापानीसम्म यात्रा तन्किएको छ । यो रुट हुदै भ्रमण गर्ने पर्यटकले १२ देखी १५ दिनमा यात्रा सक्ने गरेका छन् ।
फाेटाे – सुविना आचार्य








प्रतिक्रिया दिनुहोस्