ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा, शृंखलाले दिइन् बधाइ भोटिङ गर्ने आज अन्तिम दिन


एबीसी न्यूज
मंसिर १२, २०७५ बुधबार  ३ : ३५ बजे

काठमाडौं, १२ मंसिर । चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा गएको छ । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।

यससँगै मिस वल्र्ड २०१८ को फाइनल (टप ३०) मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालकी श्रृंखला खतिवडा फाइनलमा पुगेकी थिइनन् । कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।

शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’ श्रृंखला मल्टिमिडिया अवार्डको प्रमुख दावेदार हुन् । यो अवार्डका लागि भोटिङ गर्ने आज अन्तिम दिन हो । शृंखलाले अहिलेसम्म ३५ प्रतिशत भोट पाइरहेकी छन् ।

यदि मल्टिमिडिया अवार्ड जितेको खन्डमा उनको फाइनल राउन्डमा पुग्ने बाटो सहज हुनेछ । यसका साथै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा पनि शृंखलाको प्रस्तुति राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com