ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यले कृषिका नाममा ठुलो धनराशी खर्च गरिरहेको भएपनि किसानसम्म पुग्न सकेन


एबीसी न्यूज
मंसिर १२, २०७५ बुधबार  ९ : ४१ बजे

काठमाडौँ, १२ मङ्सिर । नेपाल कृषि प्रधान मुलुक हो , झण्डै ६६ देखि ९० प्रतिशत नेपाली कृषिमै निर्भर छन् । नेपाली माटो पनि उर्बर छ । तर, विडम्बना नेपाल अझै पनि कृषिजन्य उत्पादनमा परनिर्भर छ । हाम्रो निर्वाहमुखी कृषि पद्धतिले हामीलाई झन–झन परनिर्भरतातिर धकेलिरहेको छ । अझ दुग्धजन्य पदार्थमा त परनिर्भता मात्र होइन, स्वास्थ्यमै गम्भीर समस्या सिर्जना हुने देखिएको छ । अवस्था यस्तो हु“दाहु“दै पनि केही व्यवसायीले सुरु गरेको व्यवसाय भने फस्टाउन सकेको छैन । यसमा सरकारकै नीति जिम्मेवार रहेको सरकारी अधिकारीहरुले नै बताउने गरेका छन् । तै पनि सुधार किन हुन सकिरहेको छैन ?

हरियो वन नेपालको धन भनेजस्तै चौपायलाई पनि धनका रुपमा लिने गरिन्छ । मल, मासु र दुग्धजन्य पदार्थका लागि पशुपालन गर्ने पूरानो चलन नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ रहन एक जना व्यक्तिले प्रतिवर्ष ९१ लिटर दुध पिउनुपर्छ । तर, औषत नेपालीले ७१ लिटर मात्र पिउने गरेको तथ्याङ्क छ । तर, यो ७१ लिटर दुध पशुपालनबाट मात्र प्राप्त भएको भने होइन । तपाईले बिहानै प्याकेटमा पाउने दुध कुनै कृषकले एकाबिहानै गाई वा भैसी दुहेर ल्याएको होइन ।

त्यो त विदेशमा म्याद गुज्रेका पाउडर दुध हुन् । गाउमा किसानले जुन मूल्य दुधको पाउँदैनन् त्यही मुल्य राजधानीमा पानीको पर्छ । तर, राजधानीमा दुधका नाममा गुणस्तरहीन पाउडर दुध विक्ने गरेको स्वयम कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले बताए । काभ्रेस्थित गौतमश्री गाई फार्म तथा रिसर्च सेन्टर अवलोकनपछि मन्त्री खनालले विदेशमा सडेको पाउडर दुध नेपालमा विक्री हुने गरेको बताए ।

व्यवसायी राम गौतमले संचालन गरेको गौतमश्री गाई फार्म तथा रिसर्च सेन्टरमा अहिले पनि ३ सय ५० बढी गाई छन् । तर राज्यको नीतिकै कारण उनको फार्म घाटामा छ । तैपनि युवालाई रोजगारीसहित गौतमले गाई फार्म घाटामै भए पनि सञ्चालन गरिरहेका छन् । तर, राज्यले ठोस नीति निर्माण र कार्यान्वयन गर्न नसक्दा राम गौतम मात्र होइन, कुनै पनि किसानले लाभ लिन नसकेको मन्त्री खनालले बताए । सरकारले दिने अनुदान कागजमै सकिने गरेको समेत मन्त्री खनालले स्वीकार गरे । आफूले यस विषयमा अध्ययन गर्न कमिटि बनाएको र त्यसको प्रारम्भिक अध्ययनमा अनुदान गैरकिसानले लिने गरेको खुलासासमेत गरे ।

मन्त्रीको अवलोकन कार्यक्रममा व्यवसायी गौतमले आफूले कृषि व्यवसायलाई व्यवसायिक ढंगले अघि बढाउन चाहे पनि कतैबाट सहयोग नपाएको गुनासो समेत गरे । गौतमको फार्ममा एकै हप्ता ५५ गाई धमाध मरे । एउटा गाईको मूल्य ३ लाख ५० हजार थियो । तर, सरकारले १ लाखभन्दा माथिको बीमा नगर्ने भएकाले उनले एउटा गाईको ७० हजारभन्दा पाएनन् भने तत्काल गाईको उपचारका लागि औषधि र चिकित्सकसमेत पाएनन् ।

राज्यले वर्षेनी कृषिका नाममा ठुलो धनराशी खर्च गरिरहेको छ। तर वास्तविक किसानसम्म त्यो लगानी पुग्न सकेको छैन । त्यसैले गौतमले किसानलाई अनुदानभन्दा पनि सफ्ट लोन अर्थात न्युनतम ब्याजमा ऋण दिनु उपयुक्त हुने बताए ।

सरकारले सिंहदरबारमा बसेर बनाएका योजनाहरु असफल भएका छन् भने लगानी बालुवामा पानी बनिरहेको छ । त्यसैले राज्यले नीति निर्माण गर्दा वास्तविक समूहको पहुच पुग्ने गरी निर्माण गर्नु जरुरी छ । किनभने कृषि उत्पादनमा आत्मनिर्भर नभई मुलुकको विकास सम्भव छैन । त्यसका कृषकहरुलाई प्रोत्साहन र नया“–नया“ युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्नु आवश्यक छ । त्यसो गर्न सके मात्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने. नारा सार्थक हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com