
काठमाडौं,११ मंसिर । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–निजगढ द्रूतमार्ग आयोजना बेला बेला विवादमा आउने गरेको छ । विवादमध्ये द्रूतमार्गमा पर्ने ललितपुरको खोकना र बुङमति क्षेत्रको विषय पनि हो । काठमाडौं उपत्यकाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त क्षेत्रमा स्थानीयस“गको सहमति विपरीत निर्माण कार्य अघि बढाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
ललितपुरस्थित खोकना र बुङमतीबासीले राष्ट्रिय गौरवको काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसग माग गरेको छ । ऐतिहासि, सांस्कृतिक तथा धार्मिक धरोहरको रुपमा रहेको खोकना र बुङमती क्षेत्रमा सरकारले बल मिच्याइ तरिकाले द्रूतमार्ग निर्माण कार्य अघि बढेको भन्दै स्थानीयहरुले आन्दोलन गर्दै आइरहेका छन् ।
द्रुतमार्ग, बाहिरी चक्रपथ, १ सय ३२ केभी विद्युत् प्रशारण लाईन र सांस्कृतिक शहर निर्माण गर्ने सम्बन्धमा आफुहरुसंग भएको पूर्व सहमति विपरित सरकारले बल मिच्याई गर्ने काम गरेको भन्दै स्थानीयबासी आक्रोशित छन् । उचित मुआब्जा लगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले दू्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन राज्य व्यवस्था तथा सुशासन समितिसग माग गरेका हुन् ।
खोकना क्षेत्र समेत समेटिएको वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले स्थानीय जनतालाई पेलेर मुआब्जा वितरण नगरी दू्रतमार्ग निर्माण सुरु गरिएकोमा आपत्ति जनाए । स्थानीय जनताको मागको सम्बोधन नभई दू्रतमार्ग निर्माणको काम अघि नबढाउन समिति र सरकारकलाई आग्रह गरेको उनले बताए ।
खोकना र बुङमतिका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै द्रुतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन् । तर, आफुहरुको माग सम्बोधन गर्नुको सट्टा धम्क्याउने काम भएको भन्दै स्थानीयहरुले आक्रोशित छन् । विभिन्न राजनीतिक दल र सरोकारवाला पक्ष समक्ष पटक पटक यस विषयमा कुरा राख्दा समस्या समाधानको प्रतिवद्धता व्यक्त गरेर पनि पुरा नगरेको भन्दै दुखेसो पोखे ।
स्थानीयको गुनासो आएपछि राज्य व्यवस्था तथा सुशासन समितिले सो क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगनका क्रममा समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागबारे विस्तुत जानकारी लिएपछि सरकारलाई सो द्रुतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने आश्वासन दिएकी छन् ।
यस क्षेत्रकी प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था समितिकी सदस्य पम्फा भुसालले खोकना र बुंगमतिको संरक्षण गरी संरचना बनाउन भएको सहमति विपरित रातारात डोजर लगाई बलमिच्याई गर्ने काम भएका भन्दै असन्तुष्टि पोखेकी छन् । उनले सांस्कृति महत्वका धरोहरलाई जोगाएर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने भुसालको बताए ।
नागरिकलाई विकास चाहिएको छ । सरकारले नागरिकको उक्त चाहनालाई पूरा गर्न विकास निर्माणको काम अघि बढाउ“दै आएको छ । तर, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको नामेट गरी गरिएको विकास भने मुलुकको हितमा हुन सक्दैन । तसर्थ विकास निर्माणका क्रममा यस्ता धरोहरका संरक्षणमा ध्यान दिनु आवश्यक छ ।







प्रतिक्रिया दिनुहोस्