
काठमाडौं,११ मंसिर । दैनीक हजारौ मानिस आवत जावत गर्ने काठमाडौको स्थानीय बसपार्क झण्डै तीन वर्षदेखि अस्तव्यस्त छ । साविक बसपार्कमा महानगरपालिकाले काठमाडौं भ्यू टावर बनाउन भन्दै काठमाडौको खुला मञ्चमा अस्थाई रुपमा सञ्चालन भइरहेको वसपार्क अहिले आफ्नो जिम्मेवारीमा नरहेको भन्दै टकटकीएपछि झनै जिर्ण र अव्यवस्थित बन्दै गएको छ ।
शहरका एक भेगदेखि अर्को भेगसम्म दैनिक हजारै मानीसको गन्तव्य तय गर्ने बसपार्कमा एउटा बत्तीको समेत व्यवस्था छैन । बत्ती नभएकै कारण साँझमा बसपार्क हुदै ओहोर दोहोर गर्नेहरु समस्यामा पर्ने गरेको बताउछन् ।
यो काठमाडौको खुलामञ्चमा रहेको अस्थाइ बसपार्क हो । काठमाडौ भित्र र काठमाडौ आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा जस्ता आसपासका जिल्लाहरुमा यसै बसपार्कबाट दैनिक सयौको संख्यामा यात्रुवाहक सवारी साधन ओहोर दोहोर गर्छन् । तर यसको उचित संरक्षण र सम्वद्र्धनको त कुरै छाडौं, वसपार्क भित्र हुनुपर्ने न्यूनतम मापदण्ड समेत नहुँदा यस अस्थाई बसपार्कले महानगरका मेयर विद्यासुन्दर शाक्यको स्मार्ट सिटी परिकल्पनालाई गिज्याई रहेको छ ।
दैनिक रुपमा घर अफिस गर्नेहरुले यहि बसपार्कवाट आफ्नो यात्रा गर्नु पर्ने बाध्यता छ । अव्यवस्थीत सवारीका क्यू, जथाभावी नाङ्ले पसल, जथाभावी फालिएका फोहोर र प्लाष्टिकका खोल, पुराना र थात्रा बसका कारण बसपार्कनै ढाक्नेगरी उडेको धुँवाले बसपार्कमा सवारी कुर्न गाह्रो त छदै नै थियो । बसपार्क भित्र महानगरले एउटा बत्तिको समेत व्यवस्था गर्न नसक्दा सर्वसाधरणले यस क्षेत्रलाइ नै असुरक्षित महसुस गर्ने गरेका छन् ।
साझको समय एक त आफ्नो रुटको गाडी नै नचिनिने समस्या । त्यसमाथी सार्वजनिक स्थलमा बिभिन्न नियतका मानिस आउने भएकाले चोरी चकारी समेतको समस्या भोग्नुपरेको सर्वसाधारण वताउछन् ।
काठमाडौ भ्यूटावरको निर्माणकालागी भनेर २०७३ सालमा ३ बर्षको लागी भनेर यो बसपार्क खुलामञ्चमा सारीएको थियो । तर ३ बर्षको समय पूरा भइसक्दा पनि काठमाडौ भ्यूटावरको निर्माण सुरु हुन नसक्दा अझ कति समय खुलामञ्चबाटै अस्थायी रुपमा बसपार्क सञ्चालन हुने हो भन्ने पत्तो छैन । तर सर्वसाधारणको सुविधाका लागि थोरै भए पनि बजेट खर्चेर बसपार्कलाई न्यूनतम व्यवस्थित बनाउन समेत महानगरले अनिच्छा देखाउदै आएको छ ।
अस्थाइ रुपमा संचालन गरीएको वसपार्कमा महानगरले खर्च नगर्ने महानगरको प्रवक्ता ज्ञानेन्द« कार्कि सोझै बताउछन् । यो बसपार्कको जिम्मा काठमाडौ भ्यू टावरको जिम्मा लिएको जलेश्वर जेभि ठेकेदार कम्पनिको भएको प्रबक्ता कार्की को भनाइ छ ।
अहिले नत साविक बसपार्क रहेको पुरानो क्ष्ँेत्रको निर्माण सम्पन्न भएको अवस्था छ । नत अस्थाइ रुपमा संचालन भइरहेको बसपार्कनै व्यवस्थित बनेको छ । यस्तो अवस्थामा जे छ त्यसैलाई व्यवस्थीत गर्नु महानगरको कतब्य हो । तर महानगर आफैनै अस्थाइ रुपमा संचालन भएको बसपार्क आफ्नो जिम्मेवारीमा नपरेको भनेर तर्कंदा आम महानगरवासीले भने निरन्तर समस्या भोग्नुपरेको छ । नगर बसपार्क अस्थायी होस् वा स्थायी, महानगरवासीलाई न्यूनतम सुविधा दिन महानगरका पदाधिकारी भाग्न मिल्दैन ।







प्रतिक्रिया दिनुहोस्