ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्मारक ए डिभिजन लिग :आर्मीले सङ्कटालाई हरायो


admin

काठमाडौं,१०मङसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । आर्मीले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा ल्याएको थियो ।

त्यस्तै लिगमा सङ्कटाको भने यो पहिलो हार हो । सङ्कटाले यसअघि खेलेको तीन खेलमा लगातार जित हासिल गरेको थियो । सङ्कटाको ९ अङ्क छ ।

खेलको मध्यान्तरसम्म २–१ ले अगाडि रहेको आर्मीले खेलको मध्यान्तर पछि तीन गोल थप्यो । त्यस्तै खेलमा पहिलो अग्रता भने सङ्कटाले लिएको थियो । खेलको नवौँ मिनेटमा सङ्कटाका विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेका थिए ।

सङ्कटाको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । मध्यान्तर अघि १७औँ मिनेटमा आर्मीका खेलाडी टेकबहादुर बुढाथोकीले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यस्तै खेलको २९औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले एक गोल गरे । खेलको ६३ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमा गोल गरे भने सन्तोषले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीका टेकबहादुरले अर्को गोल गरे । त्यसैगरी खेलको ७५ औँ मिनेटमा आर्मीका दीनेश हेन्जनले थप एक गोल गरेपछि आर्मीले सङ्कटामाथि सहजै ५–१ को जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com