ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर लगानीकर्ताले गरे नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ


admin

काठमाडौँ, १० मङसिर । अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन ।

सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन ।

आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाईन प्रणली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनु परेको सेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनु भयो ।

सेयर लगानीकर्ताहरुले के कारणले सो अनलाईन प्रणालीमा सुधार आउन नसकेको हो ? त्यसको स्पष्ट जवाफ दिन पनि स्टक एक्सचेञ्जका पदाधिकारीसँग माग गरेका छन ।

उनीहरुले सो अनलाईन प्रणालीमा सुधार नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । सरकारले गत कार्तिक २० गतेबाट सुरु गरेको अनलाईन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन ।

भेन्टर कम्पनीमार्फत् सो अनलाईन प्रणाली भित्रयाइएको हो । सेयर लगानीकर्ताहरुले स्टक एक्सचेञ्जले कमिशन खाएर भित्रयाएकाले त्यसमा सुधार नआएको आरोप समेत लगाएका छन ।

सेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाईन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन ।

यता, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको सो प्रणालीको संचालन सुस्त भएपनि अव समस्या नआउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सेयर बजारको अन्य सूचनामा भने कुनै कमी नभएको दावी समेत गर्नु भयो ।

लगानीकर्ताहरुले भने साउदको सो भनाईमा सत्यता नरहेकोे दावी गर्दै विरोधमा चर्काे नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com