
झापा, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोडामा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । झिलझिले प्रहरीका अनुसार गएराती ९ वजे स्थानीय लक्ष्मण खनालको घरमा आगो लाग्दा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको हो ।
आगलागीमा ३६ बर्षिय लक्ष्मण खनाल, ३० बर्षिया राधिका खनाल, ४ बर्षिया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनालको सुतेकै ठाउँमा मृत्यु भएको हो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेपनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्