ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन प्रहरीले एक पछि अर्काे गर्दै लागुअाैषधकाे जालाे समाप्त पार्दै


एबीसी न्यूज

 

चितवन, ९ मंसिर । शान्ति सुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ चितवन प्रहरीले सञ्चालनमा ल्याएको ‘थ्री एस’ अप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । अपराधका विभिन्न क्षेत्रमा उल्खनिय सफलता प्राप्त हातपार्न  चितवन प्रहरी सफल भएपछि  उक्त अप्रेसन प्रभावकारी बनेकाे हाे  ।

पछिल्लाे समयमा  चितवनमा  लागू औषध र देहब्यापारलाई पहिलो निशाना बनाउदै आएको चितवन प्रहरीले कार्तिक १६ गते १८० एम्पुल र ३०३ ट्याब्लेट नाइट्रोब्याट सहित भारतीय नागरिक रामनिवास गुप्तालाई पक्राउ गरेको तीन साता बित्न नपाउदै गएको शुक्रबार राती  ठूलो परिणामको लागू औषध र नगदसहित भरतपुर महानगरपालिका वडा नंं २ स्वामीचोकबाट भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट वर्ष २५ का केशव घले र ऐ . ऐ बस्ने वर्ष २४ का विशाल घलेलाइ जिल्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले उनीहरुलाइ पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुलसहित नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको चितवन प्रहरी प्रमुख एसपी शुसिल सिहं राठौरले जानकारी दिएका छन् ।

 

एसपी राठौरका अनुसार केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाइ प्रहरीले फेला पारेको थियो । अनुसन्धानका क्रममा उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक रूपमा अनुसन्धान प्रक्रियालाइ अगाडी बढाईएको एसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com