ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः धर्नास्थलमा नेताको ओइरो तर प्रहरीकाे जवाफ यस्ताे…


एबीसी न्यूज

भीमदत्तनगर, ७ मङ्सिर ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ ।

यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।

विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बढी छन् ।

धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाउनुभयो । यहाँ आउने नेताहरूले निर्मला प्रकरणमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै आएका छन् ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुग्नुभयो । सङ्घीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले धर्नामा बसेका निर्मलाका अभिभावकलाई आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै फर्किनुभयो । हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुआतदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन् ।

धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली काङ्ग्रेसका युवानेता गगन थापाले निर्मलाको हत्यारालाई कारवाहीका निम्ति स्थानीयस्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पु¥याउने बताउनुभयो । धर्नास्थल पुगेर नेता थापाले निर्मलाका बुबाआमाप्रति सहानुभूति व्यक्त गर्दै न्याय नपाउँदासम्म दबाब जारी रहने र आफूहरुको साथ रहने बताउनुभयो ।

त्यसैगरी धर्नालाई बिहीबारदेखि नेकपा (क्रान्तिकारी माओवादी) ले समेत समर्थन जनाउँदै महिला तथा बालबालिकामाथि घटिरहेका घटनाप्रति सरकार गम्भीर बन्न आग्रह गरेको छ भने नयाँ शक्ति पार्टीले पनि धर्नामा ऐक्बद्धता जनाएको छ । धर्नामा रहनुभएका नयाँ शक्ति पार्टीका नेतृ माया नेगीले न्याय नपाउँदासम्म दबाबका लागि धर्ना जारी रहने बताउनुभयो ।

स्थानीय प्रशासनले धर्नामा बसेका निर्मलाका बुबाआमालाई स्वास्थ्यप्रति ख्याल गर्न आग्रह गरिरहेको भए पनि घटना अनुसन्धानबारे कुनै जानकारी नदिने गरेको नेगीको भनाइ छ । पछिल्लो समय निर्मलाका बुबाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । “हामीलाई न्याय मिल्छ कि मिल्दैन, तपार्इंहरुले संसद्मा आवाज सशक्त बनाइदिनुप¥यो ।” निर्मलाकी आमा दुर्गादेवीले काङ्ग्रेस नेता गगन थापासित भन्नुभयो, “हामीलाई गरिएको उपेक्षाले न्याय पाउनेमा शङ्का बढ्दै गएको छ ।”

गत कात्तिक २५ गतेदेखि धर्नामा बसेका पीडित परिवारलाई भेट्न बिहीबार सांसद एवं नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलासहितको टोली यहाँ आइपुगेको छ । धर्नामा ऐक्यबद्धता जनाउँदै काङ्ग्रेस नेतृ सङ्ग्रौलाले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्मला हत्या प्रकरण गम्भीर र रहस्यमय बन्दै गएको बताउनुभयो ।

अनुसन्धानमै छौँ : प्रहरी 

निर्मला हत्या प्रकरणमा गत भदौको पहिलो साता हत्या आरोपमा भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेपछि तरङ्गित बनेको प्रकरणमा अहिले प्रहरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको छ ।

मानसिक सन्तुलन ठीक नभएका विष्टलाई अभियुक्त बनाएको भन्दै जनआक्रोश बढ्दै गएपछि तत्काल गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीसम्मले उच्चस्तरबाट घटनाको छानबिन थाल्यो ।

अभियुक्त भनिएका विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि प्रहरीले विभिन्न अनुसन्धान टोली बनाएर सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको भए पनि कुनै प्रगति केही हासिल भइनसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (हाल बर्खास्त) डिल्लीराज विष्टदेखि करीब एक दर्जन बढी युवाको डिएनए परीक्षण गरिसकेको प्रहरीले रिपोर्ट ‘नेगेटिभ’ आएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । “घटनाको सुक्ष्मरूपमा धेरै विधि र प्रक्रिया अपनाएर अनुसन्धान चलिरहेको छ”, उहाँले भन्नुभयो । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर फर्किन लागेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com