काठमाडौं, १ असोज । हङकङलाई पराजित गर्दै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ ।
मलेसियाको किन्नारा ओभलमा भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले एसियन क्रिकेट काउन्सिल ९एसिसी० को यू–१९ प्रतियोगिता जितेको यो पाँचौ पटक हो ।
यता उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ। यही वर्ष मलेसियामै हुने यू–१९ एसिया कपका लागि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधै छनोट भइसकेका छन्।
हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४।४ ओभर खेलेर पार गर्यो। नेपालको जितमा प्रनित थापामगरले नटआउट १९ रनको योगदान गरे। उनले १५औं औभरमा २ छक्का र १ चौका प्रकार गरेका थिए। नेपालका ओपनरद्व सन्दीप सुनार १९ तथा आरिफ शेख १ रनमा आउट भयो। सन्दीपले २१ बल खेलेर ४ चौका प्रहार गरे। यस्तै अनिल साहले १६ रनको योगदान गरे। अनिलले १३ बल खेल्दा १३ चौका हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए। ऐरीले २६ बलको सामना गर्दा ४ चौका हाने। सुमीत महर्जन भने शून्य रनमा आउट भए।
नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२।१ ओभरमा ७६ रनमा अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३र३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्सम्यानलाई रनआउटको सिकार बनाए। दीपेन्द्रसिंह ऐरी र अनिल साहले १र१ विकेट हात पारे। सुमितले हङकङका झाथाभेदलाई १६ रन खेलिरहँदा रनआउटको सिकार बनाए। ओपनर हर्पित सिंहलाई २० रन बनाएर खेलिरहँदा सहाबले एलबिडब्लूको धरापमा पारे।
प्रतिक्रिया दिनुहोस्