ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रीको सङ्ख्या बढ्दै


admin
मंसिर ६, २०७५ बिहीबार  ३ : ३६ बजे

पोखरा, ६ मङ्सिर । पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।

नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो सङ्ख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेसिन्सज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।

पदयात्रामा आउने पर्यटकका लागि पदयात्री व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएकामा टानले सामूहिक रुपमा आउनेको टिम्स शुल्क उठाउने गर्छ भने नेपाल पर्यटन बोर्डले व्यक्तिगत रुपमा पदयात्रा जानेको टिम्स शुल्क उठाउँछ ।

व्यक्तिगत रुपमा पदयात्रा जानेमध्ये सार्क राष्ट्रबाट जानेले रु ६०० तिनुपर्छ भने र अन्य राष्ट्रबाट जानेले रु दुई हजार तिर्नुपर्छ । त्यस्तै सामूहिक रुपमा जानेका लागि सार्क राष्ट्रका लागि प्रतिव्यक्ति रु ३०० निर्धारण गरिएको छ भने अन्य विदेशी राष्ट्रका नागरिकका लागि प्रतिव्यक्ति रु एक हजार निर्धारण गरिएको छ ।

अध्यक्ष भुजेलका अनुसार टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घमार्फत सन् २०१७ को सेप्टेम्बरमा सार्क राष्ट्रबाट सामूहिक रुपमा टिम्स कार्ड लिनेको सङ्ख्या एक हजार १९१ जना थियो भने सन् २०१८ मा उक्त सङ्ख्या बढेर एक हजार ४७८ पुगेको छ ।

त्यस्तै सार्कबाट सन् २०१७ को अक्टोबरमा टिम्स लिनेको सङ्ख्या एक हजार ७२३ पुगेकामा २०१८ मा एक हजार ९७२ पुगेको छ ।

त्यस्तै टिम्स लिनेमध्ये अन्य विदेशी राष्ट्रबाट सन् २०१७ को सेप्टेम्बरमा दुई हजार ७४ भएकामा यस वर्ष दुई हजार २२८ पुगेको छ भने २०१७ को अक्टोबरमा तीन हजार ६५६ पुगेकामा यस वर्ष तीन हजार ७०४ पुगेको अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
तथ्याङ्कअनुसार पनि बर्षेनी पदयात्री पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार बोर्डको पोखरा कार्यालयबाट सन् २०१७ मा सेप्टेम्बर देखि नोभेम्बरसम्म छ हजार ७०३ जना पर्यटकले टिम्स कार्ड लिएकामा यस वर्षको नोभेम्बर १६ सम्म छ हजार ३३ जनाले टिम्स कार्ड लिएका छन् ।

अघिल्लो वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म सार्क राष्ट्रबाट २८७ जना पदयात्रीले अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि टिम्स कार्ड लिएकामा यस वर्ष नोभेम्बर १६ भित्रै ५२४ जनाले उक्त कार्ड लिइसकेको उहाँले जानकारी दिनुभयो ।

सार्क राष्ट्रका साथै आन्तरिक पर्यटकहरूको पदयात्रा गर्ने क्रममा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा टे«किङ रुटमध्येमा पाँचौँ स्थानमा पर्दछ । अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्गमा पनि पदयात्री पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसम, आदिका कारण यसप्रति पर्यटकको आकर्षण बढ्दै गएको विश्वास गरिने नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण सेरोफेरोमा पदयात्राका लागि विशेषगरी अगस्त, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् ।

अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउण्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायत दर्जनौँ सङ्ख्यामा उत्कृष्ट पदयात्रा मार्ग छन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक पदयात्राकै आउने गरेको पाइन्छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको बताउँदै थापाले सरकारले पदयात्रा मार्गहरूको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा: रास्वपाको लहर, पुराना दल सीमित सिटमा

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com