ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई तिहाइको सरकार सफल भएन : नेत्री कोइराला


admin
मंसिर ६, २०७५ बिहीबार  ३ : ०८ बजे

काठमाडौं,६ मंसिर । नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताउनुभयो ।

“दुई तिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ,” उहाँले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उहाँको भनाइ थियो ।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताउनुभयो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गर्नुभयो ।

नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण काङ्ग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पष्ट पार्नुभयो ।

“कोइरालाभित्र नेतृत्वका बारेमा कुनै मनमुटाव छैन, समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र सङ्गठन हाँक्न सक्ने नेतृत्वलाई अगाडि सार्छौँ,” उहाँले भन्नुभयो । केन्द्रदेखि स्थानीय स्तरसम्म सङ्गठन निर्माणका लागि काङ्ग्रेसले ध्यानु दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रजातन्त्र बलियो भए मात्र काङ्ग्रेस बलियो हुने भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि पार्टी एकजुट हुनुपर्ने बताउनुभयो । “काङ्ग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्न सक्छ,” उहाँले भन्नुभयो । पार्टी बलियो भए मात्र नेता बलियो हुने नेत्री कोइरालाको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com