ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

१० किलो चामलका लागि सिडिओकाे तोक


एबीसी न्यूज
मंसिर ६, २०७५ बिहीबार  ७ : ४४ बजे


हुम्ला, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोपाल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस दिए ।

उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे । हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष पदम लामाले अर्को सिफारिस बनाइदिए । सिफारिसपत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ ।’

गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र बोकेर ३० कात्तिकमा हुम्ला सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी ९सिडिओ० कार्यालय पुगे । सिडिओ माधवप्रसाद ढुंगाना बिदामा थिए । त्यसपछि सहायक सिडिओ महेशकुमार पोखरेलको कार्यकक्षमा पुगे ।

घरमा चामल नभएको र तीन महिनादेखि चामल किन्न नपाएको गोपालको गुनासो र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षको सिफारिस पढेपछि सहायक सिडिओ पोखरेलले त्यही सिफारिसपत्रको पछाडि तोक–आदेश लगाए । त्यसमा लेखे, ‘श्री ने.खा. संस्थान, १५ केजी चामल दिने ।’

सहायक सिडिओको तोक–आदेश बोकेर नेपाल खाद्य संस्थानको हुम्लास्थित कार्यालय पुगेका गोपालले १५ किलो चामल पाए । त्यो भने गाउँपालिका अध्यक्ष लामाले सिफारिसमा भनेजस्तो सहयोग थिएन । गोपालले नगद नै तिरेर १५ किलो चामल खरिद गरे । ‘गरिब भए पनि सित्तैमा चामल त कसले दिन्छ रु त्यही पनि तीन महिनादेखि किन्न पाएको थिइनँ । सिडिओसा’पले तोक लगाइदिएपछि किन्न पाएँ,’ गोपालले खुसी हुँदै भने ।

गोपालले मात्रै होइन, हुम्लाका बासिन्दाले यसरी नै वडादेखि सिडिओसम्मको तोक–आदेशपछि मात्रै चामल खरिद गर्न पाउने गरेका छन् । साउनदेखि चामल खरिद गर्न नपाएका उनीहरूले १ मंसिरमा पाएका हुन् । त्यो पनि सबै हुम्लावासीले भने पाएका छैनन् । विवाह, व्रतबन्ध, सुत्केरी, बरखी र मृत्युलगायत शीर्षक छुट्याएका छन् । उनीहरूले मात्रै सिफारिसमा चामल पाएको खाद्य संस्थान कार्यालयका प्रमुख रामबहादुर विष्टले बताए ।

यसरी वडा कार्यालयबाटै सिफारिस भएर आएका बासिन्दालाई १ मंसिरमा चामल बिक्री गरिएको होे । संस्थानका अनुसार एक सय २९ क्विन्टल चालम बिक्री भएको छ । विवाह, व्रतबन्ध, सुत्केरी, बरखी र मृत्युलगायत शीर्षकमा नपरेका सर्वसाधारणले भने चामल खरिद गर्न पाएका छैनन् । ‘प्रशासनकै सिफारिसमा अतिआवश्यक पर्नेलाई बिक्री गरेका हौँ, अरूलाई बिक्री गर्न चामल छैन,’ संस्थानका प्रमुख विष्टले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com