ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचारप्रसारको पर्खाइमा


admin

ताप्लेजुङ, ३० भदौ । साउन–भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्यवस्तु बोकेर तिम्बुङ पोखरीतिर कोही छाता ओढेर त कोहीे प्लाष्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिनसम्मको पैदल यात्रा पछि पुगिने तिम्बुङ पोखरीसम्मको यात्रा धेरै कठिन झै लाग्छ । तर एकपटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँ जस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरुको लर्को लाग्ने गर्छ ।

मुलुकका थुप्रै सिमसारहरुमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साविकको कालीखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो ।

चार हजार ४ सय ८१ मिटरको उचाइमा रहेको यो पोखरी ४ सय ६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १ सय ४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकारहरु बताउँछन् । यो पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने स्थानीयवासी बताउँछन् । समाजसेवी गजेन्द्र प्रसाद तुम्याहाङले जानकारहरुलाई उद्धृत गर्दै लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताए । उनका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामकरण भएको पनि बताउने गरेका छन् । वर्षौ पहिले अंग्रेजहरुले भारतमा शासन गर्दा पोखरीमा बहुमूल्य धातु हुनसक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने कुरामा स्थानीयवासीको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भएगरेका पापबाट मुक्ति पाइने जनविश्वास पनि रहिआएको छ ।

 

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजंघा निवासी मोहन भट्टराई बताउँछन् । एकातर्फबाट तर्नै नसकिने गरी निस्किएको फोहराले यसको सौन्दर्य अझै थपेको छ । मनसुनका बेला प्राकृतिक सौन्दर्य हेरेर रमाउन चाहने धेरै मानिस वर्षेनी यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनी नाग पञ्चमी र जनै पूर्णिमाको दिन भने यहाँ निकै भिड लाग्ने गर्छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गइसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फूलहरुले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाल लगायतका फूलहरुले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ ।

हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका फूलहरुले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिदिएको आभास मिल्छ भने चट्टानको थुप्रोभित्र छङ्छङ् आवाजमा बग्ने स–साना खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बूढो ओखती लगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठहरुमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालाहरुसँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन । ठूलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानु पर्छ, नत्र एक÷दुई जना गए गोठाला आफंैले पनि खाना पकाइदिन्छन् । प्रायः यात्रीहरुले नुन, तेल, मसला, तरकारी, चामल, ओढ्ने ओछ्याउने लगायतको भारी बोकेर जाने गरे पनि नलिई जानेहरुले झनै गोठालाहरुसँगै खाना खाने शौभाग्य पाउँछन् । गोठालाहरु रातभर जाग्राम बस्छन् तर, पाहुनाको रुपमा कसैले कुनै कष्ट झेल्नु पर्दैन ।

“झरीको समयमा दुःखका साथ आएका पाहुनाहरु भगवान् आए झैँ लाग्छ, त्यही भएर सकेसम्म सत्कार गर्ने गरेका छौँ” – सो क्षेत्रमा रहेका पशुपालक पेम्बा भोटेले भने ।

यो पोखरीमा पुग्न पाँचथर वा ताप्लेजुङका दुईवटा फरक मार्ग छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजंघास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरु पनि स–साना थुप्रै पोखरीहरु रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायतका दर्जनौं पोखरीहरु यहाँ छन् । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँहरु समेत देख्न सकिन्छ ।

तिम्बुङ पोखरी पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि यसको संरक्षण र प्रचारप्रसारको भने खाँचो रहेको छ । धार्मिक क्षेत्रको रुपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सकिए आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने स्थानीयवासीको विश्वास छ ।

यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको बताउने सिरिजंघा–७ खेवाङका उमापति दाहालले सबैले मिलेर पर्यटकीय क्षेत्रको रुपमा यो ठाउँलाई विकास गर्नुपर्ने बताए । बाक्लो रुपमा पर्यटकको आगमन बढाउन सके यस क्षेत्रका स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाइ छ । सिमसार क्षेत्र भएपनि राज्यले यसको संरक्षणमा खासै चासो नदिएको अर्का स्थानीय बासिन्दा बुद्ध दाहालको भनाइ छ ।

स्थानीयवासीका अनुसार यहाँको प्रचारप्रसारका लागि २०७० सालमा भएको तिम्बुङ पोखरी महोत्सव बाहेक कुनै गतिविधि भएको छैन र त्यसयता यो ठाउँको विकास र संरक्षणका लागि समेत कसैले ध्यान दिएको पाइँदैन । यहाँ पुग्ने पैदल मार्गको निर्माण, आवास सुविधा लगायतका पूर्वाधारका बारेमा सरोकार राख्ने निकायले ध्यान दिन जरुरी रहेको पनि उनले बताए । भारतको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरी जैविक विविधताले भरिपूर्ण रहे पनि यसको संरक्षणमा अहिलेसम्म कसैले चासो नदेखाएकामा स्थानीयवासीको गुनासो छ । बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले यो ठाउँको प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको उनीहरु ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com