ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी नेपालीको पीडा बन्दै गएकामा चिन्ता व्यक्त


admin

काठमाडौँ, ३० भदौ । कोशी नदी नेपालीको पीडा बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल इतिहास संघले यहाँ आज आयोजना गरेको ‘कोशी बाढी प्रकोप र अन्तर्राष्ट्रिय कानून तथा सन्धी सम्झौता’ विषयक बृहत् अन्तक्र्रियामा विभिन्न क्षेत्रका व्यक्तिले विहारको पीडाका रुपमा रहेको कोशी नदी पछिल्लो समय नेपालीको पीडाका रुपमा देखा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अन्तक्र्रियामा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले बनाएका संरचनाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको र नेपाली जनतालाई पीडा थपिदिएको बताउनुभयो ।

“भारतले नेपालका २० स्थानमा ड्याम, ब्यारेज, तटबन्ध, बनाएको छ, उक्त संरचनाले गर्दा नेपालको भू–भागमा बाढी पसेको छ”– उहाँले भन्नुभयो । श्रेष्ठले नेपाल र भारत दुवै क्षेत्रमा बाढी तथा पहिरोले क्षति नपुगोस् भन्नका लागि विभिन्न नदीमा चेक ड्याम निर्माण गर्न सुझावसमेत दिनुभयो ।


‘तराईको डुबान समस्या र समाधानका उपाय’बारे कार्यपत्र प्रस्तुत गर्दै प्रा डा सुरेन्द्र केसीले कोशी व्यारेज बन्दका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँले नेपालका १५० नदीनाला नेपालबाट भारत बग्ने गरेको र उक्त नदीनालामा बाँध निर्माण गर्दा नेपालमा विभिन्न समयमा डुबान हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रा डा केसीले दुई पक्षीय वार्तामार्फत पानीको बहाब निर्वाधरुपमा बग्ने वातावरण बनाउने, नदीनाला भएका हरेक क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्ने, चुरे र महाभारत क्षेत्रमा वृक्षरोपण गर्ने, हरेक वर्ष पिँधमा गएर बसेको माटो हटाउनसके केही हदसम्म कोशीको समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ‘दशगजा, नेपाल–भारत डुबान क्षेत्रको समस्या र अन्तर्राष्ट्रिय कानुन’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै रतन भण्डारीले सीमा क्षेत्रमा भारतद्वारा निर्मित गैरकानुनी संरचनाका कारण बाढी, डुबान र कटानको समस्या सिर्जना भएको बताउनुभयो । उहाँले भारतद्वारा निर्मित कोशी, गण्डक, महाकालीलगायतका तटबन्धको अवस्था निर्माणका अभिलेखलाई एकमुष्ट लेखाजोखा राखिनुपर्ने बताउनुभयो ।

भण्डारीले दुई देशबीच बग्ने नदीको उपयोगको विषयमा जारी विवाद समाधानार्थ अन्तर्राष्ट्रिय जल प्रवाह गैर जलपारवहन प्रयोग कानूनसम्बन्धी महासन्धी सन् १९९७ लाई दुवै देशले अनुमोदन गरी राष्ट्रिय कानूनसरह कार्यान्वयनमा ल्याए समस्याको समाधान हुने बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बाढीपहिरोका घटना नियमित प्रक्रिया भएकाले यसका निम्ति सचेत रहनुपर्ने बताउनुभयो । उहाँले तराई क्षेत्रको समस्याको समाधानका लागि राजनीतिक पहल नै आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com