काठमाडौं, ३० भदौ । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिदको क्रममा खड्काले अनियमिता गरेको ठहर गर्दै सुशासन समितिले निलम्बन गर्न पत्रचार गरेको हो । सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ ।
समितिले मन्त्रालयलाई पत्र पठाएको समितिका सचिव मुरारी महतले जानकारी दिनु भयो । यस अघिनै संसदकै आपूर्ति उपसमिति र आपूर्ति मन्त्रालयको छानविन समितिले प्रमुख खड्काको संलग्नतामा करोडौ घोटाला भएका ठहर गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्