ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

यसरी सुगर रोगले दिनप्रतिदिन ग्रसित बन्दछन् नेपाली (भिडियोसहित)


abc

काठमाडौँ, २९ कात्तिक । मधुमेहलाई सामान्य भाषमा चिनी रोग पनि भन्ने गरिन्छ । विश्वमा झन्डै ४५ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएका छन् । मधुमेहका झन्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । विकासोन्मुख देशका जनता गरीबबाट धनी हुदै जादा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगी निकै बढ्ने गरेका छन् ।

नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्यांक छ । नेपालमा अहिले १० लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । अहिले ३० वर्षमाथिका युवायुवतीमा समेत मधुमेह देखिने गरेको छ । तथ्यांक अनुसार विश्वमा प्रत्येक सात मध्ये एक जना गर्भवती महिला मधुमेहको उच्च जोखिममा रहने गरेका छन् । त्यस्तै, मधुमेहको जोखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्ये पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।

छिटोछिटो पिसाब लाग्ने, मुख सुख्खा हुने, छिटो तिर्खा लाग्ने, बढी भोक लाग्ने, तौल घट्ने, कमजोरी महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चोटपटक निको हुन बढी समय लाग्ने लक्षण भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना हुन्छ । कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको छ । बेलैमा नियन्त्रण राख्न नसकेमा मधुमेहले आँखा, मुटु, मिर्गौला र नसाहरुमा नराम्रो असर पार्न सक्ने बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. मीमी गिरीको भनाइ छ ।

मधुमेह दीर्घ रोग भएकाले यसबाट बच्न रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्छ । यसको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । खानपान र आनीवानीमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार मधुमेहबाट बच्न लामो समससम्म भोकै नबस्ने, फलफूल, हरिया सागपात, काँक्रो, मूला, गाजर, विना चिनीको चिया खाने, गुलियो नखाने, चिल्लो पदार्थ नखाने, दैनिक व्यायाम र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने डा. गिरीको भनाइ छ । मधुमेह रोगको रोकथामका लागि व्यक्तिगत स्तर तथा सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने अन्य चिकित्सकहरुले पनि बताउदै आएका छन् ।

उनिहरुले गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले एकजना मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्ने, सरकारले चिनीयुक्त पेय पदार्थमा कर बढाउनुपर्ने, अस्पताल तथा विद्यालय स्तरमा जंकफुड तथा गुलियो पेय पदार्थमा रोक लगाउनु पर्ने, वायु प्रदुषणका कारण पनि मधुमेह हुने भएकोले यसको नियन्त्रणका लागि प्रदुषण कम गर्ने, पार्क तथा साइड पार्कको व्यवस्था गर्नु पर्ने, तेलको अनगमन गर्नुपर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी केन्द्रको निर्णय : कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।मंगलबार बसेको स्थायी कमिटी

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले

आज मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको छ । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको

सम्बन्धित

विवाहपछिको जीवन : “मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन”

सर्वोच्चको फैसलापछि कुन नेताले के भने ?

सोमबार विशेष : नेपालमा कोरोनाको नयाँ प्रकार देखि अध्यक्ष प्रचण्डको कार्यकर्तालाई तयार रहन निर्देशन सम्म

ओलीको कदमपछि नेपाल फेरि एउटा राजनीतिक संकटमा फसेको छ- भारतका नेपालविज्ञ प्रा. एसडी मुनी

नेकपा ओली र प्रचण्ड–माधव दुवै खेमाले पार्टी फुटेको स्पष्ट उल्लेख गरेको छैन : निर्वाचन आयोग (भिडियोसहित)

नेपाली पासपोर्ट यो वर्ष पनि खराबकै सूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com