ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए


admin

यमन, २८ कात्तिक । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।

ड्रोन आक्रमणबाट मारिएका व्यक्तिहरुको पहिचान, संख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ । तर यसै वर्षमात्र गरिएका ड्रोन आक्रमणको संख्या विश्लेषण गर्दा मारिएका कम्तीमा ३० जना अल–कायदासँग आबद्ध नरहेको एपीको अध्ययनले देखाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मृतकको संख्याका बारेमा कुनै विश्लेषण सार्वजनिक गरेको छैन, तर एउटा स्वतन्त्र अध्ययनमा यमनमा यस वर्षमात्र ड्रोन आक्रमणबाट लडाकू र गैर–लडाकू दुवै गरी करिब ८८ जना मारिएको जनाएको छ ।

एपीले अपुष्ट नै भएपनि एउटा गणना सार्वजनिक गरेको छ । यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ड्रोन आक्रमणमा अझ तिब्रता आएको छ । खोज पत्रकारिता ब्यूरोका अनुसार, दुई वर्षकै अवधिमा यमनमा झण्डै एकसय ७६ वटा आक्रमण भएका छन् जबकी ओबामा प्रशासनका आठ वर्षमा एकसय ५४ वटा ड्रोन आक्रमण भएका थिए ।

प्रत्यक्षदर्शी, परिवार, आदिवासी नेताहरु र अधिकारकर्मीसँगको अन्तर्वार्ताका आधारमा अध्ययन गर्दा ड्रोन आक्रमणबाट मारिनेमा २४ जना सर्वसाधारण नागरिक र कम्तीमा ६ जना सरकारी फौजमा आबद्ध सैनिक रहेका छन् ।

यमनको गृहयुद्धमा ड्रोनको प्रयोगका बारेमा धेरैलाई चासो समेत छैन । साउदी गठबन्धनले इरान समर्थित हुथी बिद्रोही विरुद्ध गरेको हवाई आक्रमणको छायाँमा ड्रोन आक्रमण परेको छ । साउदी आक्रमणकै कारण यमनको गृहयुद्धमा ५७ हजारभन्दा बढी नागरिक र लडाकूहरुको मृत्यु भइसकेको छ । द्वन्द्वका कारण हजारौंको भोकमरिका कारण अकालमा ज्यान गएको छ ।

तुलनात्मक रुपमा हेर्दा, यमनमा अमेरिकी ड्रोनका कारण भएको मृत्यु सयको हाराहारीमा छ । तर, ड्रोनबाट भएको मृत्युको यथार्थ विवरण खोजी गर्नेक्रम शुरु भएको छ । खोज पत्रकारिता ब्यूरोले सन् २००९ देखि २०१६ को अवधिमा ड्रोन आक्रमणबाट एक हजार २० जनाको मृत्यु भएको जनाएको छ । सन् २०१७ र १८ मा २०५ जनाको मृत्यु भइसकेको छ । अर्को संस्था आम्र्ड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्टका अनुसार पछिल्ला दुई वर्षको अवधिमा ३३१ जनाको मृत्यु भएको छ ।

यमनमा विभिन्न समूह एकअर्कासँग भिडन्त गरिरहेकाले ड्रोन आक्रमणबाट मारिने व्यक्तिको यथार्थ विवरण सङ्कलनमा कठिनाइ हुने गरेको छ । अल–कायदाले पछिल्लो समय हुथी विद्रोही विरुद्ध सङ्घर्ष गरिरहेको छ । हुथी विरुद्ध अमेरिका समर्थित गठबन्धनले आक्रामक कारबाही जारी राखेको छ ।

यमनका पहाडी इलाकाहरुमा लुकेर बस्ने अल–कायदा समूहका गतिविधिलाई सीमित गर्न अमेरिकी ड्रोन कारबाही केही सफल रहेको मानिन्छ । उनीहरुलाई ठुल्ठूला सभाहरु गर्न तथा मोबाइल फोनको प्रयोग गर्न पनि ड्रोनको उपयोगले सहयोग गरेको छ । अल–कायदाले अन्ततः दक्षिणी यमन छाडेको छ, तर हतियार राख्न र गोप्य सम्झौता बमोजिम युएईबाट रकम लिन पाउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार

काठमाडौं, २३ फागुन  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ

सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं, २३ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न

बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन  ।  पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका

सम्बन्धित

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

सेनाले कू गरेपछि भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी

‘जेलमा मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको तस्बिर भाइरल भएपछि प्रहरीलाई फसाद

म्यानमारमा प्रदर्शन हिंसात्मक बन्दै : सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com