ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वाेच्चको आदेशको बेवास्ता गदै महानगरपालिका , कुरूप बन्दै संघिय राजधानी


एबीसी न्यूज

काठमाडाै, २७ कातिक ।  सर्वोच्चले महानगरभित्र होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री राख्न नदिने र राखेको भए हटाउन आदेश दिए पनि काठमाडौं महानगरपालिकाले अदालतको आदेश बेवास्ता गर्दै काठमाडौंका मुख्य स्थानहरुमा होर्डिङ बोर्ड राख्ने क्रम रोकिएको छैन ।

काठमाडौको अधिकांस स्थान विज्ञापन र होडीङर्बोडले कुरुप बनेका छन् । सडक छेउको भित्ता होस् या आकासे पुल व्यवसायिक विज्ञापनले जताततै भरिएकै छ । २०७२ भदौ १६ गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड राख्न नदिने र राखेका भए हटाउन आदेश दिएको थियो । जथाभावी बिज्ञापन वोर्ड राख्दा महानगरनै कुरुप देखीएको र सडकका छेउमा रहेका यस्ता होडीङ् वोर्डले सडक दुर्घटना बढेको भन्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो । तर महानगरपालिकाले भने बर्षै बितीसक्दापनी सर्बोच्चको आदेशको बेवास्ता गदै आएको छ ।

शहरलाई कुरुप बन्न नदिन काठमाडौं महानगरपालिकाले होडिङ बोर्डसम्बन्धी मापदण्ड पनि बनाएको छ । तर मापदण्ड अनुरुप पर्चा प्यम्प्लेट टास्न नपाउने छ तर महानगरलाई कर तिरेर डिजिटल होर्डिङ बोर्डभने राख्न पाउने प्रावधान छ । तर महानगर आफैले बनाएको मापदण्ड अनुरुप चल्न नसकेको अहिले देख्न सकिन्छ । सौन्दर्य प्रचारसाधनदेखि संचार उपकरण सम्मका विभिन्न सामानको प्रचार गर्ने बिभीन्न स्टिकरहरु छ्यास्छ्यास्ती देखीन्छन् काठमाडौका भित्ताहरुमा ।

सर्वोच्ले होडिङबोर्ड हटाउन आदेस दिएको भएपनि महानगरले कर तिरेर डिजिटल होर्डीङबोर्ड र स्टिकर टास्न भने दिइरहेको छ । होडिङबोर्ड राख्दा हुरीलाग्दा उडाउने समस्याले होडीङवोर्ड हटाउनुपरेको हो तर स्टीकर टास्दा यस्तो समस्या नहुने भएकाले महानगरले यसमा रोक नलगाएको काठमाडौ महानगरका प्रवक्ता ज्ञानेन्द« कार्कीको भनाइ छ ।

सर्वेच्च्को आदेश बमेजिम घरको छतमा हेर्डिङबोर्ड हटइएको र खुलारुपमा पर्चा र पम्प्लेट टास्न मनाही गरेको कार्कीले बताए । सडकमा पर्चा एबम् प्याम्प्लेट टास्न रोक लगाएपछी भने आफुहरुको अनुगमनमा भेटिएका जथाभावी पर्चा एबम् प्याम्प्लेट टास्ने कम्पनीहरुलाइ कारवाही गरेको उनको तर्क छ ।

महानगरले आफैले बनाएको नियम लागु गर्न नसक्दा काठमाडौं कुरुप जस्तै देखिएको छ । महानगरपालिकाले विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङ बोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टास्न नपाइने नियम बनाएको त छ । तर, त्यसको कार्यनवयन हुन नसक्दा भने शहर कुरुप मात्रै बनेको छैन यसेको स्वरुप नै परिवर्तन भएको छ । तसर्थ महानगरले नियममात्र बनाउने होइन कार्यान्वयनमा पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com