काठमाडौं ११ फागुन । वीरगन्जमा दुई समुदायबीच भएको बिवादले ठुलो रुप लिदा विहान देखि कर्फ्यू लागेको छ । आईतबार साँझ मोटरसाइकल पार्किङ राख्ने बिषयमा वीरगन्ज महानगरपालिका वडा नं ११ शिरिपुर मा युवाहरू बिच सामान्य बिवाद उत्पन्न भएको कारण जिल्ला प्रशासन कार्यालय पर्साले आज विहान ९ बजे देखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ। सामान्य बिबादलाई लिएर जातिय बिबादमा परिणत भएपछि दुवै पक्षले ढुङ्गा मुढा गरेपछि स्थित नियन्त्रण भन्दा बाहिर गएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू लगाइएको हो । सो क्षेत्रमा नेपाली सेनाको टोली नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी ठुलो सख्यामा परिचालित गरिएको छ । कफ्र्यु वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ मा रहेको शँकराचारय देखि उतरमा विरगंजको गण्डक क्षेत्र पश्चिममा सिर्सिया नदी सम्म र पुर्वमा वीरगन्जको बसपार्क सम्म अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्